काँग्रेस नेता विष्टद्वारा कोभिड अस्पताल बेल्डाँडीलाई सहयोग
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७८ जेठ २० बिहिबार
278
Shares
कञ्चनपुर । कोभिड १९ को उच्च जोखिम झेल्दै आएको जिल्लाको दक्षिणी क्षेत्र स्थित आफ्नो निर्वाचन क्षेत्रको बेल्डाँडी स्वास्थ्य चौकी स्थित कोभिड अस्पताललाई नेपाली काँग्रेसका नेता एवं पूर्व सांसद दिवानसिंह विष्टले बेड सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।
जिल्लामा कोरोना भाइरस नियन्त्रणका लागि दोस्रो चरणको लकडाउन गरिएसँगै जनताको स्वास्थ्यमा राहत पुग्ने स्वास्थ्य सामाग्री र उपकरण साहायता गर्दै आएका काँग्रेस नेता विष्टले कोभिड अस्पतालका लागि बेड , पङ्खा लगायतका अत्यावश्यक सामाग्री साहायता जुटाउने अभियान सुरु गरेका छन् ।
आज बिहीबार बेलडाँडी स्वास्थ्य चौकीमा सामाग्री हस्तान्तरण गर्दै भने " चाहे जस्तोसुकै विपद्को बेला किन नहोस् आफ्नो निर्वाचन क्षेत्रमा जनतालाई पर्ने हरेक दुःखमा म जनतासँगै छु र जनताको स्वास्थ्य सेवामा अलिकति भए पनि सहज बनोस् भनेर आफू खटेको काँग्रेस नेता तथा पूर्व सांसद विष्टले बताए ।
काँग्रेस नेता विष्टद्वारा हस्तान्तरण गरिएका बेड लगायतका स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिकाका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले भने-स्थानीय निकायका तर्फबाट कोरोना नियन्त्रण र उपचारका लागि प्रयत्न गरिएको छ तर पर्याप्त नभएका बेला पूर्व सांसद विष्टले गर्नु भएको सहयोग महत्त्वपूर्ण छ । यो बापतको घडीमा सँग सँगै मिलेर हिँड्नु पर्ने सन्देश वहाँले दिनु भएको गाउँपालिका अध्यक्ष थापा क्षेत्रीले बताए ।
क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण बढ्न सुरु गरे लगत्तै यस अघि देखि नेता विष्टले क्षेत्रका बिरामीहरूका लागि अक्सिजन सिलिन्डर , कन्सरटेटर , कोरोना अस्पतालका लागि पङ्खा लगायतका स्वास्थ्य सामाग्री वितरण गर्दै आएका थिए ।