नागरिकता अध्यादेशविरुद्धका रिट हेर्न संवैधानिक इजलास गठन
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
502
Shares
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता सम्वन्धी रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास गठन गरेको छ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराले नागरिकता सम्वन्धि अध्यादेशका बारेमा परेका रिटको सुनुवाइका लागि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका हुन् ।
प्रधानन्यायाधीश जवराको नेतृत्मा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा तोकिएका छन् ।
प्रतिनिधि सभा विघटनका विषयमा परेका रिटमा सुनुवाइ गर्न बनाइएको संवैधानिक इजलासमा विवाद भएपछि प्रधानन्यायाधीश जवराले वरिष्ठताका आधारमा इजलास गठन गरेका हुन् ।
प्रधानन्यायाधीश जवरापछि वरिष्ठताको क्रममा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चौथो नम्बरमा छन् । तर उनी होम आइसोलेसनमा रहेकाले उनी पछाडीको वरियतामा रहेका खतिवडा इजलासमा परेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।