जसपाको ठाकुर-महतो पक्षका नवनियुक्त मन्त्रीहरूले शुक्रवार आठ बजे शपथ लिने
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २१ शुक्रबार
473
Shares
फाइल तस्विर।
काठमाडौँ । सरकारमा जाने टुङ्गो लागेको जसपाका महन्थ ठाकुर- राजेन्द्र महतो समूहले शुक्रवार साँझ आठ बजे सपथ लिने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रीहरूको नाममा सहमति भए पछि शपथको कार्यक्रमको मिति र समय टुङ्गो लागेको हो।
प्रधानमन्त्री केपी ओलीसँग ठाकुर र महतोले वार्ता गरेपछि जसपाले पाउने मन्त्रालयको टुङ्गो लागेको छ भने मन्त्रीहरूको टुङ्गो ठाकुर र महतोले लगाएका थिए।
सहमति अनुसार राजेन्द्र महतो उपप्रधान मन्त्री तथा शहरी विकास , शरत सिहं भण्डारी ऊर्जा, अनिल झा खानेपानी, बिमल श्रीवास्तव श्रमतथा रोजगार, उमाशंकर अरगरिया युवा तथा खेलकुद, लक्ष्मण लाल कर्ण भुमिसुधार, चन्दा चौधरी महिला तथा बालबालिका, एकबाल मियाँ बन, चन्द्रकान्त चौधरी राज्य मन्त्री ऊर्जा र रेणुका गुरुङ राज्य मन्त्री महिला तथा बालबालिका हुने भएका हुन्।
जसपाको उपेन्द्र यादव पक्षले अर्को पक्ष सरकारमा गए कारबाही गर्ने बताएको थियो। दुवै पक्षले एक-अर्कालाई कारबाही गरेका छन्। उनीहरूको विवाद निर्वाचन आयोग पुगेको छ। निर्वाचन आयोगले कस्तो फैसला गर्छ त्यसमा निर्भर रहेको छ जसपाको भविष्य ।