काठमाडौं । नेकपा एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको स्थायी कमिटीको बैठक बस्दैछ । उक्त पक्षका केन्द्रीय सदस्यहरुबीच विहीबार र शुक्रबार बसेको बैठकमा उठेका विषयहरुबारे स्थायी कमिटीमा छलफल गर्न लागिएको हो ।
दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा भावी रणनीतिका विषयमा पनि छलफल हुने बताइएको छ । दुई दिन चलको केन्द्रिय सदस्यहरुको बैठकमा केपी ओलीका कदमविरुद्ध शसक्त संघर्ष गर्ने निर्णय भएको थियो ।