इजरायलमा १२–१६ वर्ष उमेरका बालबालिकालाई कोभिडबिरूद्ध खोप दिन शुरु
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २४ सोमबार
487
Shares
फाइल तस्बिर
जेरुसेलम। इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले आइतबार बताएका छन् ।
सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधवारको निर्णय अनुसरण गर्दै इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो ।
इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि शुरु गरिएको थियो । पहिलो चरणमा मेडिकल स्टाफ, ६५ बर्षभन्दा बढी उमेरका मानिस र दीर्घ रोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो । त्यस बेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ र १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो ।
इजरायलमा शनिबारसम्ममा करीव ५४ लाख ६० हजार मानिसहरूले फाइजरको खोप लगाइसकेका छन् । यो सङ्ख्या कुल जनसंख्याको ५८.५ प्रतिशत हो ।