काठमाडौं । वीर अस्पताललाई कोभिड–१९ युनिफाइड अस्पताल बनाउँदा न्याम्स ऐन विपरीत किर्ते प्रमाणित प्रा.डा. जागेश्वर गौतमलाई अस्पताल प्रमुख बनाइएको आरोपमा वीर अस्पताल कर्मचारी परिवारले उजुरी दिएको छ । अनियमितता गर्ने प्रशासनले वाधा पुर्याउने देखेकाले उपसचिवको सरूवा गरेको भन्दै वीर अस्पताल कर्मचारीले प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति एवं कोभिड–१९निर्देशन समितिका अध्यक्ष, स्वास्थ्य मन्त्री, स्वास्थ्य सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सतर्कता केन्द्र, सम्पत्ति शुद्दीकरण र सीसीएमसीमा उजुरी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले स्वायत्त चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान –चिविराप्र) को वीर अस्पताललाई ऐन विपरीत अध्यादेशमार्फत वीर अस्पताल स्वास्थ्य मन्त्रालय मातहतको अस्पताल भनी कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ यही जेठ ६ गते जारी गर्दै अध्यादेशको दफा ६ (१) मा वीर अस्पताललाई कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल हुने र सो को सञ्चालन स्वास्थ्य मन्त्रालयले गर्ने तथा सो अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा निजामति सेवाको राजपत्र अनंकित प्रथम श्रेणी वा नेपाल सरकार स्वास्थ्य सेवा को ११औं तहको चिकित्सकलाई मन्त्रालयले नियुक्ति गर्ने व्यवस्था गरेको छ ।
तर अध्यादेश न्याम्स ऐन विपरीत रहेको न्याम्स पदाधिकारी नै बताउँछन् । चिविराप्र ऐनको दफा ४ मा प्रतिष्ठान पूर्ण रूपमा स्वायत्त रहने व्यवस्था छ । ऐनको दफा ५ मा प्रतिष्ठानको स्वरूपमा वीर अस्पताल रहने स्पष्ट व्यवस्था छ ।
साथै दफा १४ (२) मा वीर अस्पताल चिविराप्र हुने व्यवस्था छ । तर जेठ ६ गते जारी गरेको अध्यादेशण्ले ऐन विपरीत मन्त्रालयले हस्तक्षेप गरेको वीर अस्पतालकै पूर्व भीसी, निर्देशक र वण्रिष्ठ चिकित्सकहरू बताउँछन् । कोभिड युनिफाइड अस्पताल बनाए पनि प्रतिष्ठान मातहत रहने गरी गर्नु पर्दथ्यो । त्यहाँ पनि ऐन मिचिएको छ ।
प्रतिष्ठानले दुवाकोट परियोजना अगाडि बढाइरहेको वीर अस्पताल पूर्ण रुपमा कोभिड अस्पतालको रुपमा सञ्चालन भइरहेको थियो । ट्रमा सेन्टर पनि कोभिड अस्पतालको रूपमा सञ्चालित भइरहेको थियो । नयाँ सर्जिकल भवन २५० बेड तयारी गरिसकेकामा कर्मचारी माग भई छनोट प्रक्रियामा रहेको र नयाँ भवनलाई चौधरी ग्रुपले क्सिजन मेसिन जडान गर्दै गर्दा मन्त्रालयले हस्तक्षेप गर्नुमा किर्तेका दोषी डा. जागेश्वर गौतमको आर्थिक चलखेल भएको कर्मचारीहरुको ठहर छ ।
कर्मचारी संघ सगठनले नियम विपरीत वीर अस्पताल मन्त्रालयमा लगेको र नियम विपरीत नै अस्पताल प्रमुख नियुक्ति गरेको भन्दै विरोध जनाएका छन् । साथै कानूनी उपचारमा जाने कर्मचारीहरु बताउँछन् ।
ऐन र नियममा अस्पताल निर्देशक नियुक्ति उपकुलपतिको सिफारिशमा स्वास्थ्य मन्त्रीबाट हुनु पर्ने नियम छ । तर भीसीको सिफारिश बिना नै नियुक्ति भएको भन्दै चिकित्सकहरुले विरोध गरिसकेका छन् ।
२०६० सालमा वीर अस्पतालको कार्डियोथोर्यासिक विभाग वीर अस्पतालबाट छुट्याउँदा सर्वोच्च अदालतले स्वायत्त ऐन विपरीत भएको भनी सो निर्णय खारेज गरेको थियो । साथै वीर अस्पतालबाट ट्रमा सेन्टर छुट्याउँदा पनि सर्वोच्चले २०७२ सालमा ट्रमा सेन्टर न्याम्स वीर अस्पताल अन्तर्गत नै हुने आदेश दिएको थियो ।
वीर अस्पताल कर्मचारीले स्वायत्तता समन्धमा पुनः सर्वोचचमा रिट दायर गर्दा सर्वोच्चको फैसलाले न्याम्स वीर अस्पताल स्वायत्त हो र ऐन अनुसारै सञ्चालन गर्ने आदेश दिएको थियो ।
यस्तो नजिर हुँदाहुँदै वीर र नयाँ सर्जिकल भवनमा खरिद हुने ४ अर्बको उपकरणको बजेट र दुवाकोट परियोजनाको डिपिआर को बजेटमाथि आँँखा गाडेर आफू निकट हाल स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवाका भष्ट र किर्तेका रूपमा चिनिएका डा. जागेश्वर गौतमलाई स्वास्थ्य मन्त्रालयले गते जेठ १० गते चलानी नम्बर २७६७ को पत्रबाट अध्यादेशको दफा ८ को काम गर्ने गरी अस्पताल प्रमुखमा नियुक्ति गरेको थियो ।
डा गौतम तिनै डाक्टर हुन् जसले भरतपुरको चितवन मेडिकल कलेज तथा विभिन्न अस्पतालमा लगानी गरेको भनी कारबाहीमा परेका थिए । किर्ते अभियोग प्रमाणित भएका गौतमलाई सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो । विवाद परेपछि उनले राजीनामासमेत गरेका थिए ।
स्वास्थ्य सेवा ऐन विपरीत चितवन मेडिकल कलेज, मौलाकालिका अस्पताल र ओम अस्पताल लगायतमा शेयर लगानी गरेको र दरबन्दी रहेको अस्पताल छाडेर चितवन र काठमाडौंमा काम गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको सिफारिशमा स्वास्थ्य मन्त्रालयले डा. गौतमलाई कारबाही गरेको थियो ।
स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, १(क) अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्न पाइँदैन । सतर्कता केन्द्रको छानबिनबाट डा. गौतमले चितवन मेडिकल कलेज र ओम अस्पतालमा ठूलो मात्रामा सेयर लगानी गरेको भेटिएको थियो । उनले गोरखा जिल्ला अस्पतालमा १० औं तहमा कार्यरत रहँदा उक्त लगानी गरेका थिए ।
सतर्कताले उनी तत्कालीन समयमा दरबन्दी रहेको गोरखा अस्पतालमा हाजिर नभई चितवन मेडिकल र ओम अस्पतालमा काम गरेकोसमेत औंल्याएको थियो । उनले २०६३ को चेत २३ गते चितवन मेडिकल कलेज (सीएमसी) को ५० हजार कित्ता शेयर लिन निवेदन दिएका थिए ।
२०६४ बैशाख २८ गतेसम्म उनीसँग सीएमसीको एक लाख ८८ हजार शेयर जम्मा भइसकेको थियो । २०६९ चैत २५ सम्म आइपुग्दा उनीसँग सीएमसीको शेयर ८७००१ देखि १०००००, ७५०००१ देखि ७७५००० र १०००००१ देखि १०२५००० गरी जम्मा १ लाख ७६ हजार ४२८ कित्ता शेयर रहेको थियो । जुन गैरकानूनी रहेको थियो ।
साथै उनले मेडिकल कलेजको अध्यक्षबाट २०६७ साल पुस ३० गते राजीनामा दिएका थिए । आफू नै सीएमसीको अध्यक्ष हुँ भन्दै किर्ते गरी २०६९ चैत ५ गते रामदेवमीर मन्दिर भवन गुण्जरोड पालनपुर भारतका निलेश कुमार दिलसुख भाइ अग्रवाललाई ३२३२३७० कित्ता शेयर बेचेका थिए ।
सो बापतको रकम उनले आफ्नो ऐभरेष्ट बैंकको खातामा जम्मा गरेका थिए । किर्ते गरेको हुँदा उनलाई सीएमसीले काठमाडौं जिल्ला अदालतमा २०७० मा कीर्ते जालसाज मुद्दा दर्ता गरेको थियो ।
सो मुद्दामा जिल्ला न्यायाधीश विष्णुप्रसाद अर्यालको इजलाशले चैतमा फैसला गर्दै किर्ते जालसाजी गरेको ठहर गर्दे तीन हजार रुपैयाँ जरिवाना गरेको थियो ।
स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार सतर्कता केन्द्रको सिफारिशका आधारमा ग्रेड घटुवालगायत कारबाही गरेको र किर्त जालसाजीमा काठमाडौं जिल्ला अदालतले २०७० चैतमा जरिवाना तिराएको मान्छेलाई वीर अस्पताल जस्तो ठाउँमा ल्याउन मिल्दैन।
उनी जेठ ११ गते वीर अस्पताल आउनासाथ निमित्त निर्देशक डा. शान्ता सापकोटाको बोर्ड हटाएर दादागिरी शैलीमा आफ्नो बोर्ड टाँसेका छन् । ‘मसँग सबै आर्थिक र प्रशासनिक अधिकार छ’ भन्दै भीसी, रेक्टर, रजिस्टार, लेखा, प्रशासन र कर्मचारीलाई थर्काउन थालिसककेको गुनासो कर्मचारीहरुको छ ।
एक सिनियर कर्मचारीले भने, ‘मसँग काम गर्ने भए गर, मेरो विरोध नगर, नत्र तिमीहरुको सरुवा हान्दिन्छु, अध्यादेशअनुसार कारबाही गर्छु भनेर नयाँ हाकिमले धम्काइरहेका छन। ।’
प्रशासनका एक कर्मचारीका अनुसार उनी कोभिड उपचार र रोकथाम भन्दा पनि कोभिडको नाममा आउने बजेटमा ध्यान दिएर आएका हुन् ।
जागेश्वर गौतम आउना साथ अस्पतालको समस्या बुझ्नु भन्दा पनि के के सामान आवश्यक छ र ती सामान कोसँग किन्ने भनेर आफू निकटका ब्यापारी बोलाएर लिष्ट मागिरहेका छन् । त्यस्तै उनीहरुलाई नै हुने गरी स्पेफिकेशन बनाउँदै तत्काल ६० करोड रुपैयाँ बराबरको टेन्डरको तयारी गरिरहेको स्रोत बताउँछ ।
गौतम अहिले आफ्नो लगानी रहेको म्याक्सिम इन्कपर्रिशन ट्रेडर्स मार्फत आफ्नो व्यापार बढाउन वीरमा आएका हुन जुन ट्रेडर्स पर्वतका सुन्दर भुषालको नाममा छ । डा. गौतमको घर पनि तत्कालीन राम्जा देउराली २ पर्वत नै हो ।
यो ट्रेडर्समा गौतमको पनि लगानी रहेको छ । अब वीर र सर्जिकल भवनमा हुने अरबौंको ठेक्कापट्टा उनले आफ्नै म्याक्सिमलाई हुने गरी स्पेफिकेशन तयार गरी टेन्डर गर्दै गरेको स्रोत बताउँछ ।
यस्तो छ भ्रष्ट भन्दै डा. गौतमविरुद्ध परेको उजुरी–
२०७८–०२–२२
सम्माननीय प्रधानमन्त्री ज्यु एंव
कुलपति ज्यू
चि वि रा प्र वीर अस्पताल
तथा
अध्यक्ष
कोभिड १९ निर्देशन समिति
सिहदरवार
श्रीमान प्रमुख ज्यू
अक्तियार दुरुपयोग अनुसंधान आयोग
टंगाल,काठमाडौ
माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री ज्यू
एंव सहकुलपति ज्यू
रामशाहपथ,काठमाडौ
श्री कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र
सिहदरवार ,काठमाडौ
श्रीमान सचिव ज्यू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
रामशाहपथ,काठमाडौ
श्रीमान प्रमुख ज्यू
सम्पति शुद्दीकरण विभाग
ललितपुर
श्री मान सचिव ज्यू
राष्ट्रीय सर्तकता केन्द्र
सिहदरवार, काठमाडौ
श्रीमान प्रमुख विशेषज्ञ
डा रोशन पोखरेल ज्यू
स्वास्थ्य मन्त्रालय
विषय – वीर अस्पताल लाई कोभिड( १९ युनिफाइड अस्पताल बनाउने प्रक्रिया न्याम्स ऐन विपरीत भएको र युनिफाइड अस्पताल प्रमुख नियुक्ति ऐन विपरीत अनियमित तरिका ले बिवादित डाक्टर लाई नियुक्ति गरिएकाले सो समन्धमा न्याम्स ऐन ,नियम अनुसार गरिदिनहुन अनुरोध गर्दछौं।
उपरोक्त समन्धमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले चिविराप्र को स्वायत्त वीर अस्पताललाई कोभिड १९ अस्पताल बनाउनु स्वागतयोग्य छ तर ऐन विपरित अध्यादेश मार्फत वीर अस्पताल स्वास्थ्य मन्त्रालय मातहत को अस्पताल र सन्चालन गर्ने भनि कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ यही २०७८र०२र६ गते जारि गर्दे अध्यादेश को दफा ६ ९१० मा वीर अस्पताल लाई कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल हुने र सो को सन्चालन स्वास्थ्य यन्त्रालय ले गर्ने तथा सो अस्पताल को प्रमुख प्रशासकीय अधिकारी मा निजामति सेवा को राप प्रथम श्रेणी वा नेपाल सरकार स्वास्थ्य सेवा को ११औ तहको चिकित्सक लाई नियुक्ति गर्ने ब्यवस्था गरेको छ तर सो अध्यादेश न्याम्स –प्रतिष्ठान) ऐन विपरित रहेको ।
चिविराप्र ऐन को दफा ४ मा प्रतिष्ठान पुर्ण रूपमा स्वायत्त रहने ब्यवस्था छ भने दफा ५ मा प्रतिष्ठानको स्वरुप मा वीर अस्पताल रहने स्पष्ट व्यवस्था छ ।ऐन को दफा १४ मा अस्पताल स्थापना र सन्चालन गर्ने व्यवस्था छ दफा १४ उपदफा ९२० मा वीर अस्पताल चिविराप्र को हुने व्यबस्था रहेको जानकारी गराउदछौ साथै चि वि रा प्र बैठक सन्चालन ,पदाधिकारी काम कर्तव्य र अधिकार नियमावलीको नियम ११ मा अस्पताल निर्देशक को नियुक्ति र नियम १२ मा सहायक निर्देशक नियुक्ति को स्पष्ट व्यवस्था छ ।
तर जेठ ६ गते जारी गरेको अध्यादेश ले ऐन विपरीत मन्त्रालय ले हस्तक्षेप गरेकाले सो अध्यादेश को दफा ६ को उपदफा १ ,२,र ३ अस्पताल स्थापना र अस्पताल प्रमुख नियुक्ति को दफा खारेज योग्य छ र गर्नु पर्ने । कोभिड १९ युनिफाइड अस्पताल स्थापना स्वागत योग्य छ तर सो स्थापना र सन्चलन न्याम्स अन्तगर्त नै रहनु का साथै सन्चालन हुने गरि निर्णय गरी दिनु हुन हार्दिक अनुरोध गर्दछौ।
प्रतिष्ठान ले दुवाकोट परियोजना अधि बढाई रहेको ,वीर अस्पताल पुर्ण रुपमा कोभिड अस्पताल को रुपमा सन्चालन भैरहेको ,ट्मा सेन्टर मा कोभिड अस्पताल को रूपमा सन्चालित भैरहेको थियो भने नया सर्जिकल भवन २५० बेड तयारी गरि सकेको कर्मचारी माग भई छनोट प्रक्रिया मा रहेको र नया भवन लाई चौधरी ग्रुप ले आक्सिजन मेसिन जडान गर्दे गर्दा स्वास्थ्य मन्त्रालय को केही ब्यक्ति को स्वार्थ पुर्ती का लाई ऐन बिपरित अध्यादेश ल्याएर वीर अस्पताल प्रतिष्ठान बाट अलग गराउनु ऐन बिपरित रहेको हुदा सो निर्णय सच्चाई ऐन अनुसार गरिदिनु हुन अनुरोध गर्दछौं।
२०६० साल मा वीर अस्पताल को कार्डियोथोर्यासिक बिभाग वीर अस्पताल बाट छुट्टाउदा सर्वोच्च अदालत ले मुद्रा न २०६०( ३२९१ ले स्वायत्त ऐन विपरीत भयको भनि सो निर्णय खारेज गरेको साथै वीर अस्पताल बाट ट्रमा सेन्टर छुट्टाउदा पनि सर्वोच्च ले २०७२र१०र०५ ९ मुद्दा न ०६८(धय(११७७०ले सेन्टर न्याम्स वीर अस्पताल अन्तर्गत नै हुने र भयको आदेश दिएको थियो भने वीर अस्पताल कर्मचारी ले स्वायत्तता समन्धमा पुन सर्वच अदालत मा रिट दायर गर्दा सर्वोच्च अदालत ले २०७४र१०र१४ गते ०७३(धय(१३४२ फैसला ले पनि न्याम्स वीर अस्पताल स्वायत्त हो र ऐन अनुसारै सन्चालन गर्ने आदेश समेत दिएको थियो र सो फैसाला कार्यान्वयन गर्ने सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक ताकेता पत्र पठाएको पनि जानकारी गराउदछौ।सो हुदाहुदै पनि हाल स्वास्थ्य मन्त्रालय प्रतिष्ठान अन्तर्गतको वीर अस्पताल अध्यादेश मार्फत अस्पताल अलग गराउनु गैरकानूनी हो
अस्पताल प्रमुख नियुक्तिमा पनि ऐन र नियमविपरित बिवादित डा जागेश्वर गौतम लाई नियुक्ति गरेको हुदा सो नियुक्ति पनि खारेज गरी ऐन अनुसार गरिदिनु हुन अनुरोध गर्दछौं डा गौतम २०७८र०२र१० मा च।न २७६७ को पत्र बाट अध्यादेश को दफा ८ को काम गर्ने गरि अस्पताल प्रमुख मा नियुक्ति गरेको थियो। डा गौतम तिनै डाक्टर हुन २०५९–२०६० सालमा भरतपुर को चितवन मेडिकल कलेज तथा बिभिन्न अस्पतालमा लगानी गरेको भनी कारबाहीमा परेका र काठमाडौ जिल्ला अदालत ले किर्ते अभियोग प्रमाणित भएका चिकित्सक डा। जागेश्वर गौतमलाई सरकारले केही बर्ष पहिले नेपाल मेडिकल काउन्सिलको अध्यक्ष नियुक्त गरेको थियो विवाद परे पछी उनले राजिनामा समेत गरेका थिए ।
स्वास्थ्य सेवा ऐनविपरीत चितवन मेडिकल कलेज र ओम अस्पताल चाबहिल लगायतमा सेयर लगानी गरेको र दरबन्दी रहेको अस्पताल छाडेर चितवन र काठमाडौंमा काम गरेको भन्दै राष्ट्रिय सतर्कता केन्द्रको सिफारिसमा स्वास्थ्य मन्त्रालयले डा। गौतमलाई कारबाही गरेको थियो।
तत्कालीन समयमा गोरखा जिल्ला अस्पतालमा कार्यरत १० औं तहका डाक्टर जागेश्वर गौतमले राज्यको कानुनलाई छल गरी अकुत सम्पत्ति आर्जन गरेर मौलाकालिका अस्पताल–भरतपुर, चितवन मेडिकल कलेज–भरतपुर, ओम अस्पताल–चितवन तथा मनमोहन मेमोरियल अस्पतालमा लगानी गरी ठूलो धनराशीको शेयर खरिद गरेको चितवन र काठमाडौंमा बसेर गोरखामा हाजीर गरी एकातिर गौतमले गरिव निमुखा जनतालाई राज्यको कर खाएर उपचार सेवाबाट बञ्चित गराएका थिए र स्वास्थ्य माथि नै खेलवाड गरिरहेका थिए भने अर्कातिर राज्यलाई ढाटेर राजश्व र कर समेत नतिरी काठमाडौंको बालुवाटारमा ५ करोड बराबरको घर खरिद गरेको पनि छन। गौतमले भरतपुर नगरपालिका–११ मा घडेरी र घर समेत खरिद गरी चितवनको कैलाश नगरमा करोडौं पर्ने तीन विगाहा जमिन खरिद गरी अकुत सम्पत्ति जोडेको हुदा उनले सेवा प्रवेश गरेदेखि हालसम्मको सम्पत्ति विवरण अनुसन्धान गरी कारबाहीमा पर्ने माग गर्दछौ
स्वास्थ्य सेवा ऐन २०५३ को दफा ५९, १९क० अनुसार सरकारी सेवामा कार्यरत कर्मचारीले कुनै पनि कम्पनी स्थापना, दर्ता वा सञ्चालनमा भाग लिन, स्वास्थ्य क्लिनिक वा निजी अस्पताल खोल्न तथा सञ्चालन गर्न पाइँदैन। सतर्कता केन्द्रको छानबिनबाट डा। गौतमले चितवन मेडिकल कलेज र ओम अस्पतालमा ठूलो मात्रामा सेयर लगानी गरेको भेटिएको थियो। उनले गोरखा जिल्ला अस्पतालमा १० औं तहमा कार्यरत रहँदा उक्त लगानी गरेका थिए।
सतर्कताले उनी तत्कालीन समयमा दरबन्दी रहेको गोरखा अस्पतालमा हाजिर नभई चितवन मेडिकल र ओम अस्पताल लगायत काम गरेकोसमेत औंल्याएको थियो। उनले २०६४र१र२८ गते चितवन मेडिकल कलेज को शेयर कित्ता न ८७००१ देखि १००००० , ७५०००१ देखि ७७५०००, १०००००१देखि १०२५०००, ११५०००१देखि १२६२५००
र २६७७९८१ देखि २६७८९०८ सम्म जम्मा १७६४२८ कित्ता शेयर किनेका थिए जुन गैरकानूनी थियो साथै उनले किर्ते सन्चालक समिति अध्यक्ष बनि २०६९र१२र०५ गते रामदेवमीर मन्दिर भवन गुण्जरोड पालनपुर भारत का निलेश कुमार दिलसुख भाई अग्रवाल लाई ३२३२३७० कित्ता शेयर बेचेका थिए र सो किर्ते गरेका ले ऊनलाई कारवाई समेत भयको थियो
स्वास्थ्य मन्त्रालयकै बरिष्ठ अधिकारी भन्छन सतर्कता केन्द्रको सिफारिसका आधारमा ग्रेड घटुवालगायत कारबाही गरेको र किर्त जालसाजी गर्ने यस्तो मान्छेलाई वीर अस्पताल जस्तो ठाउमा ल्याउन मिल्दैन।
डा. गौतमले चितवन मेडिकल कलेजको सञ्चालक अध्यक्ष नरहेको अवस्थामा समेत सेयर खरिद सम्झौतामार्फत सेयर खरिदबिक्री गरी विदेशी लगानी स्वीकृत गरिपाऊँ भन्दै किर्ते जालसाजी गरेको केन्द्रीय अनुसन्धान ब्युरोको छानबिनले देखाएको थियो। उनले आफू अध्यक्ष नै नरहेको अवस्थामा अध्यक्ष रहेको कागजात तयार पारी कलेजको बहुहिस्सा सेयर भारतीय दिलशुख पक्षलाई बेच्ने सम्झौता गरेका थिए।
चितवन मेडिकल कलेज मा लगानि गरेको भनि राष्ट्रीय सर्तकता केन्द्र ले कारवाई गरेको र किर्ती मुद्दा मा समेत कारवाई पाएका डाक्टर हुन अहिले उनि ओम अस्पताल मा समेत लगानि गरेको र त्याँहा काम समेत गर्छन।
उनि गत बिहिवार वीर अस्पताल आउदा साथ नि निर्देशक डा शान्ता सापकोटा को नेम प्लेट हटाउन लगाय र दादागिरी पारामा आफ्नो बोर्ड टासेका छन भने म सग सबै आर्थिक र प्रसासनिक अधिकार छ भन्दै भिसि ,रेक्टर, रजिस्टार ,लेखा,प्रशासन र कर्मचारी लाई थर्काउदैछन र दादागिरी देखाउछ।म सग काम गर्ने भय गर ,मेरो बिरोध नगर, उपकरण किन्ने सबै मेरो अधिकार हो मेरो बारेमा बिरोध गरेमा म वीर अस्पताल न्याम्स बाट सधै को लाई छुट्टाइदिन्छु म सर्वश्रेष्ठ हो नत्र तिमीहरु को सरुवा हान्दिन्छु अध्यादेश अनुसार कार्रवाई गर्छु भन्दै कर्मचारी लाई धम्काईरहेका छन ।प्रशासन ले बिरोध गर्ने थाले पछी उनले हिजै प्रशासन प्रमुख को सरूवा गरिदिएका छन हामिलाई लाग्छ उनि कोभिड उपचार र रोकथाम भन्दा पनि कोभिड को नाममा आउने बजेट मा ध्यान दिएर आएका हुन आखिर किर्ते डाक्टर न पर्ये।उनि अहिले आउदा साथ अस्पताल को समस्या बुझ्नु भन्दा पनि के के सामान आबश्यक छ र ति सामान को सग किन्ने भनेर आफुनिकट ब्यापारी बोलाएर उनिहरु सग भयको उपकरण को लिस्ट लिदै उनिहरु लाई नै हुने गरी स्पेफिकेशन बनाउदै तत्कालै रू ६० करोड बराबर को टेन्डर को तयारी गरिरहेका छन ।उनि अहिले आफ्नो लगानि रहेको म्याक्सिम इन्कपर्रिसन ट्रेडस मार्फत आफ्नो ब्यापार बढाउन वीर मा आएका हुन जुन ट्रेडर्स ९दर्ता न १३६००७० पर्वत का सुन्दर भुषाल को नाममा छ डा गौतम को घर पनि तत्कालीन राम्जा देउराली २ पर्वत नै हो । म्याक्सिम का धनी भुषाल र डा गौतम चितवन मेडिकल कलेज को किर्ता गरि भारतिय पक्ष लाई शेयर बेच्ने कार्य मा समेत उनि सल्ङलन थिए म्याक्सिम ट्रेडर्स मा डा जागेश्वर गौतम को लगानि रहेको छ ।अव वीर र सर्जिकल भवन मा हुने अर्वौ को ठेक्का पट्टा उनले आफ्नै म्याक्सिम लाई हुने गरी स्पेफिकेशन तयार गरी टेन्डर गर्दे छन । डा गौतम कै दवाव मा काठमाडौ महानगरपालिका ले वीर अस्पताल को लाई दिने १५ बटा भेन्टीलेटर र ५० बटा मनिटर पनि जेठ तिन गते न्याम्स कार्यकारी बाट सिधै म्याक्सिम सग किन्ने निर्णय गराएका थिए तर सो बिवादित भय पछी वीर अस्पताल ले यही २३–०५–२०२१ मा म्याक्सिमलाई हुने गरी आइएएफबी नं. न्याम्स–एनसीबी–ईआर, ७७–७८–२१–२२ मा टेन्डर निकाले को छ । उनले आफुसँग अधिकारै नभएको अधिकार प्रयोग गरि यही शुक्रवार १४ गते बिवादित रुपमा उपनिर्देशक को निर्युति गरेका छन ट्रमा सेन्टर का बिवादित र कनिष्ठ डा नविन पोखरेल लाई उनले उप निर्देशक मा नियुक्ति गरेका हुन पोखरेल तिनै डाक्टर हुन इलाट भन्ने तालिम केन्द्र खोलेर स्वास्थ्य कर्मी र नर्सिंग लाई ओटी र ऐनेस्थेसिया साहायक तालिम ट्रमा सेन्टर मा गराएर निजहरू सग प्रतिमहिना ४००० लिने र अस्पताल लाई एक पैसा पनि नबुझाउने डाक्टर हुन उनको यो धन्दा बिगत ५ बर्ष देखि चलिरहेको छ तर ट्रमा निर्देशक केही गर्दैन ट्रमाकै डाक्टर हरू बताउछन उनि ट्रमा सेन्टर को खरिद प्रमुख पनि हुन उनले खरिद मा हुदा वराल थर गरेका त्रिपुरेश्वर का ब्यापारी सग मिलेर गुण्तरहिन ऐम्बुलेंस, डेक्सा मेसिन,सि आर्म ,माइस्कोप लगायत कमिसन खाएर टेन्डर सदर गरेका थिए सो खरीदको
समन्धमा अक्तियार, र प्रधानमन्त्रि कार्यलय मा समेत उजुरी परे पछी स्वास्थ्य मन्त्रालय ले छानबीन समिति बनाएर काम गरिरहेको छ । उनि ट्रमा सेन्टर मा अपरेश गर्ने बिरामी लाई आफ्नो ससुरा को फर्म बाट मात्र बिहोष गराउने र आइ सि यु मा प्रयोग हुने औषधि किन्न लगाउछन भने अनेत्र बाट सामान किनेमा उनि अपरेशननै गर्देनन ।ट्रमा का एक डाक्टर भन्छन यस्ता भष्ट र नैतिक हित डाक्टर लाई उप निर्देशक बनाएर डा गौतम कुन उद्देश्य ले वीर आएको स्षस्टै छ डा नवीन को बारेमा अक्तियार ,सर्तकता केन्द्र , सम्पत्ति शुद्दीकरण बिभाग र स्वास्थ्य मन्त्रालय मा उजुरी समेत परेको थियो स्वास्थ्य मन्त्रालय ले त छानबीन समिति समेत गठन गरि छानवीन गरिरहेको छ र छानबीन समिति ले वीर र ट्रमा खरिद लाई थप छानवीन र कारवाई गर्ने अक्तियार मा सिफारिश गरेको छ ।
जे होस गौतम आफै भष्ट्राचारी त्यस माथि डा नवीन उनको उपनिर्देशक अब खुब जम्ने भो यिनहरु को जोडी डा गौतम ले विगत देखि नै वीर अस्पताल लाई धराशायी बनाउन ठुलो भुमिका खेलेका थिए वीर को बिग्रियका उपकरण मर्मत ,र कर्मचारी लाई तलव खुवाउन समेत समस्या परेको वेलामा वीर अस्पताल लाई रमक नदिन मन्त्रालय मा दवाव दिने गर्थे भने सर्जिकल भवन सन्चालन गर्ने सहमति र रकम मन्त्रालय सग माग गर्दा उनले रोक्ने गरेको न्याम्स पदाधिकारी नै बताउछन ।उनिको अर्को अर्जुन द्रृष्टि भनेको वीर अस्पताल को दुवाकोट को डिपिआर र खर्बो बजेट र सरकार को तिन बर्ष निर्माण योजना मा करोडौ कमाउने हो न्याम्स पदाधिकारी भन्छन । नियमविपरित नियुक्ति भयर आए पछी हाल सम्म पुर्ण रूपमा निर्माण सम्पन्न नभयको भवन निर्माण कम्पनी शर्मा सग कमिसन माग गरिसकेको वीर लेखा शाखा का कर्मचारी नै बताउन थालेका छन । शनिवार डा जागेश्वर ले मेडिकल माफिया सग भेट गरी सर्जिकल उपकरण र सामान हरु को लिस्ट दिदै यि सामान तपाई हरु सगै लिने हो तपाई सग भयको सामान को लिस्ट र स्पेक दिनु म त्यही अनुसार को स्पेफिकेशन राखेर उपकरण सिधै पनि खरिद गर्ने म सग अधिकार छ कति पैसा कमिसन दिने भन्नुस भनि बार्गेनिंग गरिरहेको छन ।उनि म सग सबै अधिकार छ भन्दै नया भवन लाई चाहिने कर्मचारी नियुक्ति गर्ने वीर अस्पताल र बालुवाटार तिरका आफ्ना ऐजेन्ट मार्फत पैसा उठाई उनिहरु को प्रमाण पत्र लिई रहेका छन वीर कर्मचारी सबै रूष्ट छन कर्मचारी लाई मेरो बिरोध गरेमा तिमिहरुको जागिरै खाइदिन्छु भन्छन तानाशाही शासन र दादागिरी देखाई रहेका छन हिजो जेठ २४ किर्ते डा जागेश्वर ले वीर अस्पताल का विभागीय प्रमुख र कोर्अडिनेटर हरु बोलाएर थर्काउदै मेरो बिरोध नगर्नु नत्र म सग सबै अधिकार छ होस गर्नु भन्दै गुन्डागरि पारामा बरिष्ठ चिकित्सक लाई हप्काए। यिनि वीर अस्पताल बनाउन होइन पैसा कमाउन आएका हुन । उनले आफु लाई सजिलो हुन का लाई र प्रसासन र खरिद प्रक्रिया मा बिरोध नआयोस भनेर वीर अस्पताल का उपसचिव लाई हिजो वीर अस्पताल बाट बाहिर सरुवा गरेका छन कारण उनले किर्ता गरि चितवन मेडिकल कलेज को शेयर भारतिय दिलशुख भाई बिक्री गर्दा छानविन गर्दा उनले अहिले सरूवा गरेका उपसचिव सो समय मा कम्पनी रजिस्टार कार्यलय मा थिए आफ्नो पहिले को किर्ते कान्ड बाहिर आउने र अहिले अनियमित खरिद र कर्मचारी नियुक्ति प्रक्रिया मा उनले सहयोग नगर्ने भएकाले उनलाई भष्टाचारी गौतमले अस्पतालबाट सरुवा गरेका हुन ।
हाम्रो ठहर के हो भने कोभिड १९ अस्पताल वन्नू राम्रो हो तर न्याम्स अन्तर्गत नै हुनु पर्छ किर्ते कान्ड ,सर्तकता को कारवाई,र स्वास्थ्य मन्त्रालय ले ग्रेड घटुवा गरेको ब्यक्ति लाई अस्पताल प्रमुख वनाएकले उनको चितवन मेडिकल कलेज को शेयर खरिद गरेको ,किर्ते गरी भारतिय लाइ शेयर बेचेको,सर्तकता केन्द्र ले गरेको कार्रवाई, स्वास्थ्य यन्त्रालय ले गरेको ग्रेड घटुवा, म्याक्सिम इन्कपोरेड सग को समन्धमा लगायत बिषयमा छानवीन र उनको सम्पत्ति छानबीन गर्ने र उनले ट्रमा सेन्टर को खरिद प्रमुख भयको र बिभिन्न कान्डमा छानबीन को दायारा मा रहेका डा नवीन पोखरेल लाई उपनिर्देशक नियुक्ति गैरकानूनी रहेको हुदा सो निर्मण सबै खारेज गरि न्याम्स ऐन ,नियम अनुसार गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं
वीर अस्पताल कर्मचारी परिवार
२०७८–०२–२२
बोधार्थ
श्रीमान् उपकुलपतिज्यू
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान