चौबीस हजार वर्ष बरफमा जमेको बहुकोषीय जीव जीवित, प्रजनन् पनि गर्न सक्ने
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २६ बुधबार
783
Shares
काठमाडौं। साइबेरियामा २४ हजार बर्षसम्म चिसोमा जमेको अवस्थापछि एक माइक्राेस्काेपिक (नांगो आखाले देख्न नसकिने जिव) बहुकोषिय जिव जिवित भएको छ । सोमबार यो खोज करेन्ट बायोलोजिमा प्रकसित भएको छ ।
रुसी वैज्ञानीकहरुले रोटिफेरा फाइलम अन्तर्गतको यो जिवको नाम ब्डेलोइड रोटिफर दिएका छन् । यो जिवले एसेक्सुएल रुपमा प्रजनन् गर्न सक्छ ।
यसअघिको अध्ययनले यो जिव दशौं वर्ष जमेर बाँच्न सकेको देखाएको थियो । अहिले भने यो जिव २३ हजार ९ सय ६० देखि २४ हजार ४ सय ८५ वर्षसम्म जिवित रहेको पाइएको छ ।
रोटिफेरा अन्तर्गतका जिव शुद्ध पानीमा पाइन्छन् । विश्व भरका यसका सयौं प्रजातिहरु रहेका छन् । तीमध्ये ब्डेलोइड रोटिफर एक हो ।