भारतको कम्प्युटिङ शक्ति १६ पेटाफ्लपको हुने, सुपर कम्प्युटिङ मिसन सेप्टेम्बरमा अन्तिम चरणमा
एजेन्सी
प्रकाशित २०७८ वैशाख १५ बुधबार
551
Shares
नयाँ दिल्ली। राष्ट्रिय सुपर कम्प्युटिङ मिसन (एनएसएम) को दोस्रो चरण यस वर्ष सेप्टेम्बर सम्ममा पूरा हुने बताइएको छ। भारतको कुल कम्प्यूटेशनल क्षमता १६ पेटाफ्लपमा पुर्याइने भएको छ।
२०१५ मा ४५ सय करोड लगानीको महत्त्वाकाङ्क्षी परियोजनाको नेतृत्व इलेकट्रोनिक्स एवं सूचना प्रविधि मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालयले संयुक्त रूपमा गरिरहेका छन्।
यस मिसनको उद्देश्य एक शक्तिशाली सुपर कम्प्युटिङ क्षमता विकास गर्ने र अनुसन्धानलाई बढवा दिन शक्तिशाली कम्प्युटेसनल सुविधा प्रदान गर्नु रहेको बताइएको छ।
सेन्टर फर एडभान्समेन्ट कम्प्युटिङ ((सीडीएसी) र भारतीय विज्ञान संस्थान (आईआईएससी) लाई सात वर्षे मिसनको स्प्रेडहेडको जिम्मा दिइएको छ।
सन् २०२२ मा नेशनल नलेज नेटवर्क (एनकेएन) ले एक ग्रिडमा सुपर कम्प्यूटर हरुलाई ७५ अनुसन्धान संस्थाहरूमा एक हजार भन्दा बढी अनुसन्धानकर्ता हरुलाई सहयोग पुर्याउने गरी जडान गर्ने छ।
"कम्प्युटेशनल इन्फ्रास्ट्रक्चर नौ प्रिमियम संस्थाहरूमा स्थापना भइरहेको छ। यस वर्ष सेप्टेम्बरमा दोस्रो चरण पूरा भएपछि भारतको कम्प्युटिङ शक्ति १६ पेटाफ्लप हुनेछ," हालसालै सार्वजनिक गरिएको आधिकारिक विज्ञप्तिमा भनिएको छ।