डडेल्धुरा । लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि महाकाली नदीसँगै रहेको परशुरामधाम जोखिममा परेको छ ।
जेठ २९ गते देखि अबिरल रुपमा परेको पानीले नदीको जलस्तर बढेर खतराको मापन ७ मिटरको नजिक रहेको जल तथा मौसम बिज्ञान बिभाग अत्तरिया कैलालीले जानकारी दिएको छ ।
अबिरल वर्षाका कारण शनिवार बिहान ८ बजे सम्मको अपडेटमा महाकाली नदी र परशुरामधाममा ६ मिटर ३७ सेन्टिमिटरमा रहेको कार्यालयले जनाएको छ । महाकाली नदीमा पानीको जलस्तर ५.८० मीटर भन्दा बढी भयो भने चेतावनी र ७ मिटर पुगे खतराको संकेत मानिन्छ ।
दार्चुला, बैतडी, डडेल्धुराभएर बग्ने सिमाबर्ती नदिमा पानीको बहाव बढेकोले नदी आसपासका नागरिकहरुलाई सुरक्षित रहन र नदीमा नजान जलविज्ञान र मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।