अष्ट्रिया पहिलो पटक युरोकपको नकआउटमा, युक्रेन प्रतिक्षामा
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ११ बिहिबार
253
Shares
काठमाडौं । अष्ट्रिया पहिलो पटक युरोकप फुटबलको नकआउट चरणमा पुगेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा युक्रेनलाई १–० गोल अन्तरले पराजित गर्दै अष्ट्रिया उपविजेता बन्दै राउन्ड अफ सिक्सटिनमा प्रवेश गरेको हो ।
नेसनल एरिनामा अष्ट्रियालाई जित दिलाउन क्रिस्टोफ बाउम्गार्टनरले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा निर्णायक गोल गरेका हुन् ।
यो जितले अष्ट्रियाले ठूलो फड्को मार्न सफल भएको छ । अहिलेसम्म अष्ट्रिया युरोकपको अन्तिम १६ मा पुगेको थिएन । अब भने उसको प्रतिद्धन्द्धी उपाधि दावेदार इटाली बनेको छ । इटाली समूह ए को विजेता हो ।
पराजित भएसँगै युक्रेन भने ३ अंकबाट समूहको तेस्रो स्थानमा छ । गोल अन्तर माइनस १ रहेको युक्रेनले राउन्ड अफ सिक्सटिनमा पुग्नका लागि सबै समूहको खेलको नतिजा कुर्नुपर्नेछ ।