arrow

सर्वोच्चको आदेशपछि नारायणकाजी भन्छन्: अति भएपछि खति हुन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
naryankagi.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले मंगलबार सर्बोच्च अदालतले पछिल्लो पटक नियुक्त गरेका मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेको घट्नालाई ‘अति भए पछि खति हुन्छ’ भनेका छन् ।

ओलीको कदमहरुको विरोध गर्दै आएको विपक्षी दलका नेता श्रेष्ठले संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको पनि बताए ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘अति भए पछि खति हुन्छ नै। सर्बोच्च अदालतको पछिल्ला फैसलाहरुले प्रम ओलीले चालेका असंवैधानिक,अलोकतान्त्रिक एवं राष्ट्रिय हित प्रतिकुल निर्णयहरुलाई बदर गरिदिएको छ।

संविधान र लोकतन्त्रको धज्जी उडाइएको स्थितिलाई अदालतले एक हदसम्म रोकेको छ। जबकि यो मुलतः राजनीतिको काम हो। सबैलाइ चेतना होस्।’

अदालतले २०७८ साल जेठ २१ र २७ मा प्रधानमन्त्रीको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट भएको उपप्रधानमन्त्री एवं मन्त्रीहरूको सपथ र कार्यविभाजन संविधान अनुकुल भएको नभई संविधानको मूल मर्म भावना विपरीत भएकोले निवेदनको अन्तिम किनारा नलागेसम्मका लागि मन्त्रिपरिषद विस्तारको निणर्य कार्यान्वयन नगर्न’ आदेश दिएको छ । 



लोकप्रिय समाचार
नयाँ