काठमाडौं। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लागेको छ । मङ्गलवार उच्च अङ्कले बढेको नेप्सेले बुधवार सोही लय पछ्याएन ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ अङ्कले घटेर नेप्से दुई हजार ८६२.१८ मा ओर्लेको छ । यस्तै, ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३७ बिन्दुले घटेर ५२८.९७ मा ओर्लेको छ ।
नेप्सेको ओरालो यात्राको प्रभाव कारोबार रकममा समेत देखिएको छ । कूल २१८ कम्पनीको एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर रु आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ मा खरिद बिक्री भए ।
बुधवारको कारोबार पछि बजार पुँजीकरण पनि मङ्गलवारको तुलनामा खुम्चिएको छ । मङ्गलवार रु ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख बराबर पुगेको बजार पुँजीकरण आज घटेर रु ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ४० हजारमा सीमित भएको छ ।
कारोबार भएका १३ उपसमूहको शेयर नै ओरालो लागेको छ । त्यसमा बैङ्किङ २८.५४, व्यापार ५५.५६, होटेल तथा पर्यटन ६९.७७, विकास बैङ्क १६०.६६, जलविद्युत् ७१.४९, वित्त ६७.४४, निर्जीवन बिमा २८०.१२, उत्पादन १२१.१३, अन्य ४४.४३, लघुवित्त १००.३२, जीवन बिमा ३८७ ३८७.४२ , सामूहिक लगानी कोष ०.१४ र लगानी उपसमूह ०.३९ बिन्दुले घटेको छ ।
कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड २० लाख ३६ हजार बराबरको कारोबार भयो । यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी रु ४२ करोड चार लाख ४८ हजार ७३५, राधी विद्युत् कम्पनी रु ३८ करोड ४१ लाख ६८ हजार ५६५, नेशनल हाइड्रोपावर कम्पनी रु ३३ करोड ८९ लाख ५६ हजार २५९ र एचआइडिसिएल रु ३० करोड ३१ लाख ७६ हजार १६५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।
यस्तै, कारोबारका आधारमा राधी विद्युत् कम्पनी ९.७१, ङादी ग्रसप अफ पावर ९.०९, छ्याङदी हाइड्रोपावर ६.५६, नेपाल इन्स्योरेन्स ६.१६ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए । यस्ते, कालिका पावर कम्पनी ५.६०, नेपाल फाइनान्स ५.४८, मञ्जुश्री फाइनान्स ५.१४, नेपाल हाइड्रो डेभलपर ५.०८ र अरुण काबेली पावरका लगानीकर्ताले ५ प्रतिशतले गुमाए ।