arrow

घटेको नेप्से ‘बाउन्स ब्याक’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख १४ मंगलबार
nepal-stock-exchange-nepse_1617884544.jpg

काठमाडौँ ।  आइतबार र सोमबार उच्च अङ्कले घटेको धितो पत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक मङ्गलवार भने ९२.४६ बिन्दुले बढेको छ । उच्च अङ्कले बढेको बजारमा माथिल्लो तामाकोशी र विशाल बजार कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।

माथिल्लो तामाकोशी १० प्रतिशत र विशाल बजार कम्पनीको ९.९९ प्रतिशतले वृद्धि भयो । लगानीकर्ताले मङ्गलवारको वृद्धिलाई ‘बाउन्स ब्याक’ को संज्ञा दिएका छन् । नेप्से दुई हजार ५९९.०७ मा पुगेको छ । ठुला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १४.४८ अङ्कले वृद्धि भई ४६७.२८ मा पुगेको छ ।

कूल २१६ कम्पनीको एक करोड दुई लाख दुई हजार २१९ कित्ता शेयर रु पाँच अर्ब १० करोड ९० लाख ९६ हजार ९५७ मूल्यमा खरिद बिक्री भए । जीवन बिमा ५५८.६३, निर्जीवन बिमा उपसमूह ५४३.२७ अङ्कले वृद्धि हुँदा कारोबार भएका सबै १३ उपसमूहको शेयरमा नै वृद्धि भयो ।

कारोबारका आधारमा माथिल्लो तामाकोशी, नेपाल पूर्वाधार बैङ्क, नेपाल पुनर्बीमा कम्पनी, नबिल बैङ्क र छिमेक लघुवित्त वित्तीय संस्था शीर्ष स्थानमा रह्यो ।

महिला लघुवित्त ९.८९, युनाइटेड इन्स्योरेन्स ९.८९ र समिट लघुवित्तका लगानीकर्ताले ९.७५ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र १.९४, ग्लोबल आइएमई बैङ्कको ऋणपत्र १.८७, एसबिएल ऋणपत्र १.७५ र एनआइबिएल समृद्धि फण्डका लगानीकर्ताले  १.११ प्रतिशतले गुमाए ।



लोकप्रिय समाचार
नयाँ