चिनियाँ कम्पनीसँग काम नगर्न भारतीय दूरसञ्चार मन्त्रालयको निर्देशन
एजेन्सी,
प्रकाशित २०७७ असार ४ बिहिबार
124
Shares
नयाँ दिल्ली। भारतमा दुरसञ्चार मन्त्रालयले चिनियाँ कम्पनीसँग गरिएको सबै सम्झौता रद्ध गर्न एवं नयाँ कुन पनि सामान खरिद नगर्न दुरसञ्चार सेवा प्रदायकहरुलाई आव्हान गरेको छ। सरकारले सरकारी दुरसञ्चार सेवा प्रदयाकलाई सो निर्देशन दिए पनि निजी कम्पनीहरुलाई आव्हान गरेको छ।
लद्दाखमा भएको हिंसात्मक झडपमा भारतका २० सैनिक मारिए पछि भारतमा आक्रोश फैलिएको छ। उक्त आक्रोशलाई मध्यनजर गर्दै मन्त्रालयले उक्त निर्णय गरेको बताइएको छ। यसबाट भारतमा भइरहेको फोरजी बिस्तारको काममा ठूलो असर पर्ने आँकलन गरिएको छ।
अहिले भइरहेका सम्झौता मात्र नभइ अब आउने टेण्डर प्रकृयामा चिनियाँ कम्पनीले भाग लिन नपाउने गरि नियम बनाउन पनि भनिएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार मन्त्रालयले चाँडै लिखित सुचना पनि सार्वजनिक गर्नेछ।
भारतमा चिनियाँ सामान बहिस्कार गर्ने अभियान शुरु भएको छ। खेलौना, फर्निचर, जुत्ता, घडी लगायत ४ सय ५० वटा सामाग्रीहरु बहिस्कारमा परेका छन्। भारतको यो बहिस्कार मौसमी हो की लामो समय जान्छ त्यो भने आउने समयले बताउने छ। भारतमा अरु ठुला परियोजनाहरु पनि चिनियाँ कम्पनीले पाएकोमा त्यो सम्झौता रद्द गर्नु पर्नेसम्मका आवाजहरु उठिरहेका छन्।