गगन थापा भन्छन, 'अप्रत्यासित संसद स्थगित गर्ने कार्य विनासकाले विपरित बुद्धी'
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १८ बिहिबार
100
Shares
काठमाडौं। संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य गर्ने कदमलाई कांग्रेस नेता गगन थापाले विनासकाले विपरित वुद्धी बताएका छन्।
सामाजिक संजाल ट्वीटरमा प्रतिक्रिया जनाउँदै थापाले संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य गर्ने कदमलाई विनासकाले विपरित वुद्धी बताएका हुन्।
थापाले संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा रहेको, कोभिड १९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता भएकै बेला पार्टीभित्रको किचलोको अचानोमा संसदलाई पारिएको बताए।
संसदलाई छलेर प्रधानमन्त्रीले दल सम्वन्धी अध्यादेश र संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याउने सम्भावना व्यक्त भइरहँदा नेता थापाले भनेका छन्, 'अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस।'
संघीय संसदको चालु अधिवेशन अप्रत्यासित रुपमा अन्त्य!
विनासकाले विपरित वुद्धि!
संसदमा थुप्रै विधेयकहरू कार्यसूचीमा र प्रक्रियामा छन,कोभिड-१९ लगायत विभिन्न विषयमा प्रस्ताव दर्ता छन।
पार्टीभित्रको किचलोको अचानोमा संसद!
संसदलाई छलेर अव कुनै पनि अध्यादेश ल्याउने दुस्प्रयास नहोस्।