arrow

उच्च अदालत पाटनले २ हप्ताका लागि सेवामा कटौती

logo
हाम्रा कुरा
प्रकाशित २०७७ साउन ३२ आइतबार
high-court-patan.jpg

काठमाडौं। उच्च अदालत पाटनले आफ्नो सेवामा कटौती गरेको छ। कोभिड-१९ का कारण भीडभाड गर्न नहुने सरकारी नीतिलाई मध्यनजर गर्दै उच्च अदालत पाटनले आफुले प्रदान गर्दै आएका केही सेवा २ हप्ताका लागि कटौती गरेको हो।

उच्च अदालत पाटनले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार देखि आगामी भदौ १५ सम्मका लागि बन्दी प्रत्यक्षीकरणका निवेदन, थुनछेक आदेश उपरको पुनरावेदन, बैंकिङ कसुर र राजश्व चुहावट सम्बन्धी मुद्दाको अभियोग दर्ता, बयान, बकपत्र जस्ता कार्य मात्रै सुचारु रहने र अन्य सेवा बन्द रहने जानकारी गराएको छ।



लोकप्रिय समाचार
नयाँ