समावेशी, समानुपातिक व्यवस्थालाई व्यवहारमा लागू गर्न सांसद दिव्यमणीको माग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असोज ३ शनिबार
142
Shares
काठमाडौं। नेपाली कांग्रेसका नेता तथा सांसद दिव्यमणी राजभण्डारीले समावेशी, समानुपातिकका आधारमा राज्य, दलका साथै सार्वजनिक संघ संस्था चलाउन माग गरेका छन्। उनले संविधानका व्यवस्थालाई व्यवहारमा लागू गर्न पनि माग गरे ।
संविधान दिवसकाे अवसरमा हाम्राकुरासँग कुरा गर्दै राजभण्डारीले जनतालाई केन्द्र विन्दुमा राखेर सबैसँग सहकार्य गरि अनुशासित ढंगले विकासका कार्य गर्न माग गरे ।
संविधानकाे मर्म र भावना अनुसार सबै नेपालीकाे सुरक्षा, हकहितलाई मध्यनजर गरि कार्यान्वयन गर्नु सरकार तथा हामी सबैका दायित्व भएको समेत सांसद राजभण्डारीले बताए ।
देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा शुभकामना दिदै सांसद राजभण्डारीले संविधान निर्माणको जगको रुपमा रहेको जनआन्दोलनमा दिवङ्गत भएका सबै शहीदहरुमा श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
सांसद राजभण्डारीले आफूलाई सेवकको रुपमा राख्दै नागरिकको सेवामा जुट्ने प्रतिवद्धता समेत जनाएका छन्।