पोखरा कांग्रेसको मोटरसाइकल र्यालीसहितको विशाल प्रदर्शन
प्रकाशित २०७७ मंसिर २९ सोमबार
157
Shares
काठमाडौं। आन्तरिक किचलो र असफल नेतृत्वका कारण जनस्तरबाटै आलोचित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार विरुद्ध देशव्यापी रुपमा प्रदर्शन भइरहेको छ। यसबीच नेपाली कांग्रेस पोखराले पनि सरकारविरुद्ध विशाल प्रदर्शन गरेको छ।
हजारौंको उपस्थितीमा पोखरामा मोटरसाइकल र्यालीसहित नेकपा सरकार विरुद्ध प्रदर्शन भइरहेको हो। आज सरकारलाई केन्द्रीय विवाद र आन्तरिक किचलो त्यागेर संकटमा रहेको अवस्थामा देश र जनताको हितमा काम गर्न दबाद दिँदै कांग्रेसले देशव्यापी प्रदर्शन गरिरहेको छ।