नेकपा सरकारविरुद्ध विराटनगर कांग्रेस उत्रियो सडकमा
प्रकाशित २०७७ मंसिर २९ सोमबार
122
Shares
बिराटनगर। सोमबार भइरहेको देशव्यापी सरकारविरोधी प्रदर्शन बिराटनगरका नेता, कार्यकर्तादेखि सर्वसाधरणहरु नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सरकारको विरोधमा उत्रिएका छन्।
प्रदेश १ को राजधानीसमेत रहेको विराटनगरमा हजारौंको उपस्थितीमा विरोध र्यालीले तिनपैनेबाट सरकारविरुद्ध नाराबाजी गर्दै नगरको परिक्रमा गरेको छ।
विरोध र्यालीमा सहभागीहरुले प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नाराबाजी गरेका छन्। सत्तारुढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध कांग्रेस सडक आन्दोलनमा उत्रिएको हो।
प्रदर्शनसँगै बिराटनगरको जनआन्दोलन चोकमा विरोधसभा गर्ने तयारी रहेको छ। सभालाई सम्बोधन गर्न महामन्त्री शंशाक कोइराला विराटनगर पुगिसकेका छन्।