'संसद विघटन अलोकतान्त्रिक, पश्चगामी तथा गैरसंवैधानिक हो'
प्रकाशित २०७७ पुष ८ बुधबार
108
Shares
काठमाडौं। बुद्धिजीवि तथा पेशाकर्मीहरुले प्रतिनिधिसभा विघटनको कदमप्रति आपत्ति जनाएका छन्। बुधबार एक संयुक्त विज्ञप्ति जारी गर्दै सरकारले आफ्नै प्रतिबद्धताविरुद्ध स्वेच्छाचारी ढंगबाट अलोकतान्त्रिक, पश्चगामी तथा गैरसंवैधानिक कार्य भएको उनीहरुको ठहर छ।
विज्ञप्तिमा भनिएको छ–‘नेपाली जनताको ठूलो त्याग र बलिदानीपूर्ण संघर्षको माध्यमबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै समाजवादी बाटोमा दृढ रहन, संयन्त्र बिथोलिन नदिन, बर्तमान संबैधानीक ब्यबस्थाबारे सुसुचित गराउदै सबैखाले पश्चगामी अफवाहहरुको प्रतिरोध गर्न तथा परिवर्तनकारीहरुको एकतालाई सुदृढ गराउने वातावरणका लागि थप सक्रियता बढाउन समस्त बुद्धिजीवी तथा पेसाकर्मी समुदायमा हार्दिक अनुरोध गर्दछौं।’
विज्ञप्तिमा नेपाल बुद्धिजिवी संगठनका संयोजक डा.दिनेशचन्द्र देवकोटा, पेशागत महासंघ नेपालका अध्यक्ष विश्वनाथ प्याकुरेल, राष्ट्रिय कर्मचारी महासंघ, नेपालक सल्लाहकार समितिका संयोजक मोहनमान स्वार र नेपाल बुद्धिजीवी संगठनका सहसंयोजकले कृष्णराज केसीले हस्ताक्षर गरेका छन्।