सरकारविरुद्ध कांग्रेस १६५ वटै निर्वाचन क्षेत्रका सडकमा, शीर्ष नेताहरु को कहाँ संवोधन गर्दै ?
प्रकाशित २०७७ पुष १३ सोमबार
102
Shares
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरुद्धमा एकैसाथ देशभर विरोध प्रदर्शन गर्दैछ । कांग्रेसले ओलीको कदमलाई असंवैधानिक भन्दै १६५ वटै निर्वाचन क्षेत्रमा प्रदर्शन गर्न लागेको हो ।
कांग्रेसले केन्द्रीय समिति बैठक स्थगित गरेर सरकार विरुद्ध विरोधको कार्यक्रम ल्याएको हो । कांग्रेसले हरेक संघीय निर्वाचन क्षेत्रमा विरो र्याली र सभा आयोजना हुने जनाएको छ ।
उक्त प्रदर्शनमा शीर्ष नेताहरुले विभिन्न स्थानमा संवोधन गर्नेछन् ।
कसले कहाँ गर्दैछन् सम्वोधन ?
सबैभन्दा बढी सम्वोधन काठमाडौं उपत्यकामै हुनेछ । उपत्यकाका १५ स्थानमा विशाल प्रदर्शनपछि सम्वोधन कार्यक्रम हुनेछ । धेरैजसो नेताहरुले आफ्नै निर्वाचन क्षेत्रमा संवोधन गर्दा केही नेताहरुले भने विभिन्न स्थान रोजेका छन् । शीर्ष नेताहरु सबैले आफ्नो निर्वाचन क्षेत्रमा संवोधन गर्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
उनले भने, ‘सबै नेताहरुले आफ्नो आफ्नो निर्वाचन क्षेत्रमा जाने भन्ने निर्णय भएको हो । कार्यव्यस्तताले सभापति डडेलधुरा जान सक्नुभएन । उहाँ उहाँले भक्तपुरमा संवोधन गर्दै हुनुहुन्छ । अन्य नेताहरु आफ्नै निर्वाचन क्षेत्रमा जानु भएहोला ।’
सभापति शेरबहादुर देउवा– भक्तपुरको मध्यपुर थिमी (उनको निर्वाचन क्षेत्र डडेलधुरा हो)
वरिष्ठ नेता रामचन्द्र पौडेल– तनहुँ
महामन्त्री डा. शशांक कोइराला–नवलपुर
पूर्व महामन्त्री प्रकाशमान सिंह –काठमाडौं, नयाँ बानेश्वर
प्रवक्ता विश्वप्रकाश शर्मा – काठमाडौं, कोटेश्वर (उनको निर्वाचन क्षेत्र झापा हो)
केन्द्रीय सदस्य नवीन्द्रराज जोशी – काठमाडौं, बसन्तपुर
केन्द्रीय सदस्य गगन थापा– नेपालगञ्ज (उनको निर्वाचन क्षेत्र काठमाडौं हो)