प्रतिनिधि सभा विघटनको विरुद्ध धनकुटामा कांग्रेसको शक्ति प्रर्दशन
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १३ सोमबार
129
Shares
धनकुटा। नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरुद्धमा नेपाली कांग्रेस धनकुटाले धनकुटामा प्रर्दशन गरेको छ । नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालय धनकुटाको संगम चोकबाट शुरु भएको विरोध र्याली धनकुटा बजारको परिक्रममा गरी धनकुटा बस पार्कमा पुगी विरोध सभामा परिणत भएको थियो ।
विरोध सभामा नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल वहादुर थापाले संसद विघटन असंवैधानिक भएको जिकिर गर्दै संसद विघटनको प्रतिरोध गर्ने वताए। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठले ओली सरकार अधिनायकवादी र सर्वसत्तावादी भएको वताए। संविधान सभा सदस्य तथा प्रदेश सासंद लिला सुब्बाले नेपाली कांग्रेसले संविधानको रक्षाका लागी आन्दोलन गर्ने वताइन्उ।संविधान सभाका सदस्य अञ्जना ताम्लीले संविधान विपरित गएर प्रधानमन्त्री ओलीले संसद विघटन गरी लोकतन्त्रमाथि प्रहार गरेको वताइन्।
नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापति अग्नी प्रसाद पौडेलको अध्यक्षतमा सम्पन्न भएको विरोध सभामा नेपाली कांग्रेस आदीवासी जनजाती विभगाका केन्द्रिय सदस्य आनन्द सन्तोषी राई,धनकुटका उपसभापति नविन किशोर शाक्य, सचिव विजय सन्तोषी राईलगायतले संविधानको रक्षा र लोकतन्त्रको सरक्षणका लागी कांग्रेस सडकमा आएको वताएका थिए।
सोही सामारोहमा छिन्ताङ्ग काण्डमा साहदत प्राप्त गर्नु भएका सहिद बल बहादुर खत्री कार्कीका भाई युवराज कार्की नेकपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनीसँगै नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गर्ने टिकाराम राई, महोन राई, भोला राई, चन्द्र परियार, पवित्रा परियार, अञ्जली गिरि, बिमला रणपैली, टिका नेपाली लगायत २३ जना नवप्रवेशीहरुलाई प्रमुख अथिति थापा तथा अन्य अथितिहरुले टिका,अविर माला लगाई दिई स्वागत गरेका थिए।