काठमाडौं । इजरायलमा सबैभन्दा तीव्र गतिमा कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । बीबीसीले लेखेअनुसार दुई हप्ताको अवधिमै १० लाख भन्दा व्यक्तिलाई खोप दिइएको हो । इजरायलमा ११.५५ प्रतिशत मानिस खोप कार्यक्रममा सहभागी भइसकेका छन् ।
यसैगरी बहराइनमा ३.४९ र बेलायतमा १.४७ प्रतिशत मानिसले खोप लगाइसकेका छन् । यसको तुलनामा फ्रान्समा डिसेम्बर ३० सम्म मात्र १३८ जनालाई खोप लगाइएको थियो ।
बेलायतपछि अमेरिका, डेनमार्क र चीन क्रमशः रहेका छन् ।
इजरायलमा डिसेम्बर १९ बाट फाइजर र बायोएनटेकले संयुक्त रुपमा निर्माण गरेको खोप लगाउन शुरु गरिएको हो ।