नेपाल प्रहरीका ६९ डीएसपीको सरुवाः ललितपुर परिसरमा थापा, दोलखामा रिजाल
प्रकाशित २०७७ पुष २१ मंगलबार
167
Shares
काठमाडौं। मंगलबार ३० जना एसपीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले ६९ जना डीएसपीहरुको पनि सरुवा गरेको छ ।
प्रहरी महानीरिक्षक शैलेश थापा क्षेत्रीले मंगलबार नै ६९ जना डीएसपीको पनि सरुवा गरेका हुन् ।
सरुवा सूची अनुसार अर्जुन रानाभाटको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय नक्साल सरुवा भएको छ । यसैगरी इलाका प्रहरी कार्यालय लाहान सिरहामा रहेका डिएसपी शरतकुमार थापा महानगरीय प्रहरी परिसर ललितपुर सरुवा भएका छन् । परिसर ललितपुरमा रहेका सन्तोष तामाङ प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल पुगेका छन् ।
सरुवाको सूचीअनुसार कबित कटुवाल जिल्ला प्रहरी कार्यालय सोलुखुम्बु, कुलदीप चन्द इलाका प्रहरी कार्यालय कोहलपुरबाट महानगरीय प्रहरी कार्यालय रानीपोखरी, भेषराज रिजाल जिल्ला प्रहरी कार्यालय दोलखामा सरुवा भएका छन् । सरुवा भएका सबैले यो महीनाको तलब, भत्तासमेत सरुवा भएको दरबन्दीबाट पाउने छन् ।