भूकम्प प्रभावित विद्यालय पुनर्निमाणका लागि भारतको ३० करोड ६० लाख सहयोग
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २२ बुधबार
244
Shares
काठमाडौं। भूकम्पबाट प्रभावित विद्यालय पुननिमार्णका लागि भारत सरकारले ३० करोड ६० लाख नेपाली रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
भारतीय दुतावासका उपप्रमुख नामग्य खम्पाले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शुसील ज्ञवालीलाई यो रकम हस्तान्तरण गरेकी हुन् ।
भारत सरकारले नेपालका विभिन्न ८ जिल्लामा ९१ शैक्षिक संस्थाको पुननिमार्णका लागि ५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिवद्धता गरेको छ । यो राशी सोहि प्रतिबद्धता गरेको सहयोग अन्तर्गतको हो ।
यसअघी भारतले भुकम्पबाट प्रभावित विभिन्न जिल्लामा ५० हजार घर निमार्ण गर्ने प्रतिद्धता गरे अनुसार ४६ हजार भन्दा बढी घर निर्माण गरिसकेको छ ।