काठमाडौं । सामाजिक संजाल ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अकाउण्ट १२ घण्टाका लागि निलम्बन गरेको छ। उनले राखेका भिडियोहरुले ट्वीटरको नियम उल्लंघन गरेको भन्दै ट्वीटरले निलम्बन गरेको हो ।
ट्रम्पले राखेका भिडियोले सामाजिक सद्भावमा खलल पुर्याउने भन्दै ट्वीटरले आफ्नो नियमअनुसार निलम्बन गरेको जनाएको छ ।
अमेरिकी कंग्रेसमा सांसदहरुले नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको जितको पुष्टि गर्न छलफल गरिरहेकै बेला ट्रम्पका समर्थकले संसदमा आक्रमण गरी एक जनाको हत्या गरेका छन् भने ६ जना गम्भीर घाइते भएका छन् ।
आफूहरुलाई हराइएको भन्दै राष्ट्रपति ट्रम्पले उत्तेजित समर्थकहरुलाई उत्तेजित पार्ने भिडियो ट्वीटरमा पोष्ट गरेका थिए । ट्वीटरले यस्ता खालका सामाजिक सद्भाव बिगार्ने पोष्ट फेरि गरिए सधैका लागि ट्रम्पको खाता बन्द गर्न सक्ने चेतावनी पनि दिएको छ ।