arrow

बाइडेनको जीत प्रमाणित गर्ने प्रकृया अघि बढ्यो 

logo
प्रकाशित २०७७ पुष २३ बिहिबार
joe-biden2.jpg

काठमाडौं । जनवरी ६ अर्थात हिजो बुधबार अमेरिकी कांग्रेसले राष्ट्रपतीय निर्वाचनमा जोय बाइडेनको जित प्रमाणीत गर्दै थियो । यसै क्रममा राष्ट्रपति ट्रम्पका समर्थकहरुले संसदमा आक्रमण गरेका थिए ।

ट्रम्पका समर्थकहरुले चलाएको गोली लागेर चार जनाको मृत्यु भइसकेको छ । आक्रमणसँगै जोय बाइडेनको जित प्रमाणीत रोकिएको थियो । अहिले बाइडेनको जित प्रमाणीत फेरि सुरु भएको छ । 

नवनिर्वाचित राष्ट्रपतिको जित प्रमाणीतका क्रममा रिप्रिजेन्टेटिभ एवं सिनेटरले कुनै राज्यको मतगणको निष्पक्षतामाथि प्रश्न उठाउन सक्छन् । ट्रम्पपक्षका अर्थात केही रिपब्लिकन रिप्रिजेन्टेटिभ र सिनेटरले पेन्सिलभेनिया, नेभडा, मिशिग र जोजिर्याको मतगणनाको निष्पक्षतामाथि विरोध जनाएका थिए ।

तर, यो अवारोधमाथि सिनेटरहरुले भोट दिएपछि यी राज्यमा पुन निर्वाचन गराउने ट्रम्पको सपना व्यर्थ भएको छ । योसँगै अहिले बाइडेनको जित प्रमाणीत गर्ने प्रकृया अमेरिकी कांग्रेसले अघि बढाएको छ । 

अमेरिकी माथिल्लो सदन सिनेटमा पनि डेमोक्र्याटले नै जित हात पारेको छ । यसकारण ट्रम्पसमर्थकहरु रुस्ट बन्दै संसद भवनमा आक्रमण गरेको बुझिएको छ ।



लोकप्रिय समाचार
नयाँ