काठमाडौं । जनवरी ६ का दिन(बुधबार)अमेरिकी कांग्रेस (प्रतिनिधिसभा र सिनेटरसहितको सभा)ले नवनिर्वाचित राष्ट्रपति जोय बाइडेनको जित प्रमणीत गरिरहेको थियो । यसक्रममा प्रतिनिधिसभा र सिनेटरहरुले इलेक्टोरल भोटको गणना गर्दै थिए ।
अमेरिकाको ५० राज्यका ५३८ इलेक्टोरल भोटमध्ये जसको पक्षमा २७० भोट पुग्छ, सोही राष्ट्रपति प्रमाणीत हुन्छ । यसक्रममा यदि एक प्रतिनिधिसभा सदस्य र एक सिनेटरले कुनै एक राज्यको मतगणनाको परिणामको विरोध गर्यो भने सोमाथि छलफल चल्छ ।
छलफलपछि सिनेटरहरुले मतगाणनाको विरोधको पक्ष र विपक्षमा मत खसाल्छन् । यदि बहुमत सिनेटरले मतगणनाको परिणामको विरोधको पक्षमा मत खसाले भने, सो राज्यमा पुन निर्वाचन हुन्छ ।
अमेरिकी कांग्रेसमा हिजो यहीँ प्रकृया चलिरहेको थियो । तर, सोही बेला ट्रम्प समर्थकहरु संसद भवनभित्र छिरे र आक्रमण गरे।
यसको अघिल्लो दिन ट्रम्पले आफ्ना समर्थकहरुलाई सम्बोधन गरेका थिए । त्यस क्रममा उनले निर्वाचनमा धाँधली भएको र प्रजातन्त्रमाथि आक्रमण भएको बताएका थिए ।
यसको विरुद्धमा आफुहरु उत्रिनु पर्ने भाषण ट्रम्पले गरेका थिए । आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनले भनेका थिए, "हामीहरु भोलि संसदमा जाने छौं, त्यहाँ हाम्रा महान सिनेटरमाथि जयजयकार गर्नेछौं, म पनि तपाइहरुसँगै हुनेछु।"
ट्रम्पको सम्बोधन झैं कांग्रेस चलिरहेका बेला ट्रम्प समर्थक प्रर्शनकारीहरु सभामुक न्यान्सी पेलोसीको कार्याकक्षसम्म पुगे । प्रदर्शकारीहरु भरिएपछि कांग्रेससभा रोकिएको थियो ।
सोही क्रममा ट्रम्पका समर्थकहरुले चलाएको गोली लागेर ४ जनाको मृत्यु भएको छ । योसँगै बाइडेनको विजयी प्रमाणीत पनि रोकिएको थियो ।
प्रदर्शनकारीहरुका कारण त्यहाँ र्कफ्युसमेत लागेको थियो । अहिले स्थिती सामन्य बन्दै गएसँगै बाइडेनको जित प्रमाणीत प्रकृया अघि बढेको छ ।
ट्रम्पपक्षका अर्थात केही रिपब्लिकन प्रतिनिध र सिनेटरले पेन्सिलभेनिया, नेभडा, मिशिग र जोजिर्याको इलेक्टोरल भोटको अवरोध गर्दै ती राज्यमा पुन निर्वाचन हुनुपर्ने माग गरेका थिए । तर, सिनेटरको मत र छलफलले यसलाई अस्वीकार गरिदिएको छ ।
योसँगै केहीराज्यमा पुननिर्वाचन गराउँने ट्रम्पको प्रयास असफल भएको छ । विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यमले अमेरिकी कांग्रेसमा आक्रमण भएको यो दिनलाई 'अमेरिकी प्रजातन्त्रको कालोदिन' भएको भन्दै लेखेको छन् ।