काठमाडौं । अमेरिकी कांग्रेस (प्रतिनिधि र सिनेटरको सभा)ले जोय बाइडेनको राष्ट्रपति निर्वाचन विजयी घोषणा गरेको छ । योसँगै बाइडेन आगामि ४ वर्षका लागि अमेरिकी राष्ट्रपति भएका छन् ।
यसअिघ मतपरिणामले बाइडनेको विजयी देखाए पनि अमेरिकी कांग्रेसले गर्ने राष्ट्रपतिको आधिकारीक घोषणा आज भएको हो । हिजो हुन लागेको यो घोषण ट्रम्प समर्थकको संसद आक्रमणका कारण रोकिएको थियो ।
अब, आउँदो जनवरी २० मा बाइडेन राष्ट्रपतिका रुपमा औपचारिक ढंगले ह्वाइट हाउस प्रवेश गर्नेछन् । अमेरिकी माथिल्लो सदन सिनेटमा पनि बाइडेनकै पार्टी डेमोक्र्याट विजयी भएको छ ।