काठमाडौं । कोरोना भाइरसको महामारीसँग जुधिरहेका बिरामीको ज्यान जोगाउन दुई अन्य जीवनरक्षक औषधि भेटिएको छ । यो औषधि कोरोना बिरामीको मृत्युलाई एक चौथाई कम ल्याउन सक्ने दावी पनि गरिएको छ ।
एनएचएसको इन्सेन्टिभ केयर यूनिट (आईसीयू) मा यो भ्याक्सिनको ट्रायल गरिरहेका सोधकर्ताहरुले यो औषधि ड्रिपमार्फत दिइने र उपचार गरिएका हर १२ मानिसमध्ये एक अतिरिक्त मानिसको ज्यान बचाउने छ ।
विशेषज्ञहरुका अनुसार यो औषधि पूरै बेलायतभर वितरण भइसकेको बीबीसीले लेखेको छ । यसकारण यसको प्रयोग तुरुन्त गर्न सकिने पनि जनाइएको छ ।
बेलायतका अस्पतालहरुमा ३० हजार भन्दा बढी संक्रमितहरु रहेका छन् । यो गत वर्षको अप्रिलमा भन्दा ३९ प्रतिशत बढी हो ।
शुक्रबार मात्रै पनि बेलायतमा ६८ हजार ५३ संक्रमित थपिएका छन् भने १ हजार ३२५ जनाको ज्यान गएको छ ।