आफ्नै जिल्ला स्याङजामा यसरी लखेटाइमा परेकी थिइन मन्त्री पद्मा अर्याल
कांग्रेस कार्यकर्ताले लखेटे पछि छल्दै गइन पद्मा
प्रकाशित २०७७ पुष २५ शनिबार
217
Shares
स्याङ्जा। कृषी मन्त्री पद्मा कुमारी अर्याललाई गृहजिल्ला स्याङ्जामा कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा देखाएका छन् । नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला आएकी मन्त्री अर्याललाई तरुणदल तथा नेविसंघले कालोझण्डा देखाउदै बिरोध जनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि कांग्रेसले तय गरेको केन्द्रीय विरोधको कार्यक्रम अन्तर्गत वालिङमा पनि प्रदेशस्तरीय विरोध गरिएको तरुण दल वालिङ नगर सभापति आशीषप्रताप खाँणले बताए।
नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार आज ३३० वटा प्रदेशमा विरोधसभा भईरहेका बेला स्याङ्जाको वालिङ आएकी मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् । कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।
मन्त्री अर्याल मुल बाटोमा नेपाली कांग्रेसको विरोधसभालाई छलेर भित्रीबाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थलमा गएकी थिइन् ।