केपीलाई सत्ताबाट सडकमा फाल्ने दिन टाढा छैनः जगद्विश्वर नरसिंह केसी
प्रकाशित २०७७ पुष २५ शनिबार
103
Shares
नुवाकोट। नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीशश्वर नरसिंह केसीले चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट सडकमा फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश 'क' ले तादी गाउँपालिका खरानीटारमा आयोजित कार्यक्रममा सभापति केसीले पहिला केपी शर्मा ओलीले कांग्रेसलाई खोज्नुपर्ने दिन आउँछ भने झै अब नेकपानै देशबाट बिलाएर जाने दावी गरे। देशको जस्तोसुकै शक्तिशाली भनिएका शक्ति नेपालि कांग्रेससँग टिक्न नस्कने उनले बताए ।
‘केपी ओलीजी वैशाखमा चुनाव त घोषणा गर्यो । चुनाव गर्न सक्छौं कि सक्दैनौं । चुनाव नगर्ने षड्यन्त्र गरेर दुई तीन वर्ष शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म कांग्रेस चुनावको लागि पर्खला । जब चुनाव हुन सक्दैन । नेपाली जनताले तिमिलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन,’ केसीले चुनौतीको शैलीमा भने । नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे ।
ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्न गरे, ‘ओलीजी यो देशलाई कुन ठाउँमा पुर्याउन चाहन्छौ ? नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ । नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’ ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कु गरेको नेता केसीको भनाइ थियो ।
अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए । केसीले अगाडी भने, 'नेकपाको आफ्नै विवादबाट गुज्रिएर नेपाली जनतालाई प्रहार गरेर संविधान हत्या गर्न पाइँदैन । लोकतन्त्रको हत्या गर्न खोजिएको छ । लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो । लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ गाउँमा जारी रहन्छ।’