काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका एघार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस गरेको छ । बुधबार दिउँसो बसेको बढुवा समितिको बैठकले ११ एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको सचिवालयद्धारा जारी सूची अनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेललाई एसएसपीमा बढुवा सिफारिस गरिएको हा ।
सिफारिसमा परेकाहरुबारे आगामी मन्त्रिपरिषदले बढुवाको निणर्य गर्नेछ ।