arrow

स्रोत नखुलेको ९ लाख भन्दा बढी रकम सहित दुई जना पक्राउ

logo
राजेन्द्र महतो
प्रकाशित २०७७ माघ १ बिहिबार
arrest-final.jpeg

लहान । प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिका १ कचनारीबाट स्रोत नखुलेको ९ लाख ३९ हजार ९ सय १५ रुपैया सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका २ खोक्सीका ४० वर्षिय मोहमद सगिर मियाँ र सोही ठाउँ का २४ वर्षिय मेहदि मंसुर  रहेका छन्।

बरियारपट्टी गाउँपालिका १ कचनारीस्थित प्रहरी चौकी कचनारी सिरहाबाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको स ८ प ९६१४ नम्बरको मोटरसाइकल  चेकजाँच गर्दा स्रोत नखुलेको अवैध रकम रकम फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जनालाई नगद रकम सहित ईलाका प्रहरी कार्यालय महेशपुरपतारमा राखिएको छ। घटनाबारे थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता शालिग्राम शर्माले बताए।



लोकप्रिय समाचार
नयाँ