काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई बधाई दिएका छन् ।
भण्डारीले बधाई सन्देश दिँदै बाइडनको कार्यकालमा नेपाल अमेरिका सम्बन्ध अझ गहिरो र विस्तार हुने विश्वास व्यक्त गरेकी छिन् । उनले नेपालको सामाजिक आर्थिक विकासका लागि अमेरिकी सहयोगको प्रशंशा पनि गरिन
प्रधानमन्त्री ओलीले पनि अमेरिकी राष्ट्रपति जो बाइडनलाई बधाई सन्देश पठाउँदै बाइडेनको नेतृत्वमा अमेरिकाले प्रगति र समृद्धि हासिल गर्ने कार्यलाई जारी राख्ने विश्वास ब्यक्त गरे ।
अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले गएराति पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।