काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनको उद्घाटन एवं सपथ ग्रहण कार्यक्रममा पप गायिका लेडी गागाले राष्ट्रियगान गाएकी थिइन् ।एक पप गायिका देशको सबैभन्दा ठूलो सभामा राष्ट्रियगान गाउँन कसरी पुगिन् भन्नेकुराले राष्ट्रपति बाइडेन र गागाबीचको पूरानो सम्बन्ध झल्काउँछ ।
राष्ट्रपति बाइडेनले चुनावी अभियानदेखि नै लैगिंक र जातिय विभेदको अन्त्य गर्ने मुद्दालाई मुख्य योजना बनाएका थिए ।यसै योजनालाई सफल पार्न उनले अफ्रिका, एसिया, जातीयता र लैगिंगता सबै कुराको सम्श्रिण उपराष्ट्रपति कमला ह्यारिसमा पाए ।
कमला ह्यारिसकी आमा एसियन अमेरिकन हुन् भने, बुबा अफ्रिकन अमेरिकन् । बाइडेनको उद्घाटन समहारोहमा पनि गागासहित विभिन्न महिलाहरुको उपस्थिती बढी थियो । यसमा राजनीतिक क्षेत्रमा सक्रिय हुन चाहने महिला पनि थिए ।
यसबाट पनि बाइडेनले जातिय र लैगिंग मुद्दालाई प्राथमिकतामै राखेको देखिन्छ ।
गागाले गत नोबेम्बरमा बाइडेनको चुनावी अभियानका क्रममा पेन्सिलभेनियामा सहयोग गरेकी थिइन् । उनले बाइडेनको पक्षमा र्याली एवं उद्घोषण गरेकी थिइन् ।
ओबामा प्रशासनमा बाइडेन उपराष्ट्रपति रहेकाबेला कलेजहरुमा हुने यौनहिंसा रोक्ने ह्वाइट हाउसको अभियान सफल पार्न पनि बाइडेनलाई गागाले सहयोग गरेकी थिइन् ।
यसबाहेक बाइडेनले आफु उपराष्ट्रपति नै रहेका बेला सन् २०१६ मा ओस्कार अवार्डका बेला मञ्चमा गागालाई चिनाएका पनि थिए ।
अमान्डा गोर्मन पनि चर्चामा
गागामात्रै हैन, बाइडेनको उद्घाटनमा कबिता सुनाएकी २२ वर्षीय अमान्डा गोर्मन पनि चर्चामा छन् ।
अमान्डा गोर्मन सन् २०१९ मा पहिलो ‘राष्ट्रिय युवा कवि पुरस्कार’ विजेता हुन् । जातीयता र लैगिंक राजनीतिलगायतका विषयमा लेख्ने गोर्मनले आफ्नो राष्ट्रपति बन्ने लक्ष्य रहेको समेत बताएकी छन् ।
गोर्मनले खासगरी सन् २०३६ मा नै अमेरिकी राष्ट्रपति बन्ने लक्ष्य भएको बताएकी छन् । राष्ट्रपति बाइडेनको उद्घाटन एवं सपथग्रहण समहारोहमा उनले यस्तो बताएकी हुन् ।
उनले '‘द हिल वि क्लाइम्ब' कविता सुनाएकी थिइन् । उनले यसक्रममा उनले दासत्वबाट आएकी, एक्ली आमाले हुर्काएकी र एउटी काली केटी राष्ट्रपति बन्ने सपना देख्छे भनेकी थिइन् ।
राष्ट्रपति बाइडेनका यी कदमले खासगरी अमेरिकामा जातिय विभेद र लैगिंग असमानताका क्षेत्रमा ठूलो बदलाव ल्याउने संकेत गरेको छ ।
विश्वकै ठूलो शक्ति र विश्वभर प्रभाव पार्ने क्षमता राख्ने अमेरिकामा पहिलो पटक महिला उपराष्ट्रपति बनेको कुरा ढिलै भएपनि जातिय समानताको क्षेत्रमा महत्वपूर्ण असर पार्ने देखिन्छ ।
बाइडेनले कमला ह्यारिस, लेडी गागा र युवा कवि अमान्डा गोर्मन, जो देशमा राजनीतिक, जातिय र लैगिंक भिन्नताविरुद्ध कठोर संघर्ष गर्न तयार रहेकाहरुलाई साथ दिइरहेको देखिन्छ ।
अमेरिकाको सन्दर्भमा मात्रै हेर्ने हो भने पनि, बाइडेनको कदमले जातियता, लैगिंगताको विषयलाई एकै सतहमा ल्याउन खोजेका छन् ।
खासगरी काला र गोरा जातीबीचको असमानतालाई गोरा जातिकै राष्ट्रपति बाइडेनले चिर्न खोजेका छन् ।
१६ वर्षको उमेरदेखि राजनीतिमा लागेका ७८ वर्षीय बाइडेनले अमेरिकामा लैगिंक र जातिय भिन्नतालाई पूर्णरुपमा समाप्त पार्ने कदम चालेको देखिन्छ ।
बाइडेनको यो कदमले पूरै विश्वका लागि समानताको एक पाठ र सँगै जातिय विभेद एवं लैगिंग विभेदका क्षेत्रमा आमुल परिवर्तन ल्याउँन ठूलो योगदान दिनसक्ने छ ।
ठूलो भिन्नताले चुनाव जितेर राष्ट्रपति बनेका बाइडेनलाई निवर्तमान राष्ट्रपति ट्रम्पका केही कदम उल्ट्याउने अर्को अवसर मिलेको छ ।
बाइडेनले कोरोना भाइरसको माहामारीविरुद्ध संघिय सक्रियता बढाउँने, जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौतामा फर्किने र आप्रवासन नीति बदल्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गरिसकेका छन् ।