काठमाडौ । कोरोना भाइरसको महामारी फैलिएको एक वर्ष एक महिनापछि विश्वका शक्तिशाली देशहरुले कोरोना भाइरस विरुद्धको महामारीको भ्याक्सिन लगाउन थालेका छन् । कुनै पनि रोगको खोप तयार हुन रोग फैलिएको कम्तीमा १८ महिना लाग्ने बताइए पनि एक वर्षभित्रै खोप तयार भएको हो ।
तर सबै देशका नागरिकलाई हालै उत्पादन भएको खोप त सम्भव छैन । आखिर कहिलेसम्म पुग्छ सबै देशमा खोप ? यसको चासो बढेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आगामी एक सय दिनभित्र सबै देशमा भ्याक्सिन पुग्ने दाबी गरेको छ । हालै डब्लुएचओका निर्देशक टेड्रोस अधनोमले कोरोनाको भ्याक्सिन सय दिनभित्रै सबै देशमा पुग्ने बताएका हुन् ।
उनले सबै देशमा सय दिनभित्रै कोरोना भ्याक्सिनको कार्यक्रम सुरु भएको देख्न चाहेको बताएका छन् ।