राजपत्रमा प्रकाशित सूचनासँगै संवैधानिक इजलासमा बहस
प्रकाशित २०७७ माघ ९ शुक्रबार
127
Shares
काठमाडौं। प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा संवैधानिक इजलासमा शुक्रबारको बहस शुरु भएको छ। बिहिबारको बहशमा अधिवक्ता ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले प्रतिनिधि सभा विघटनको निर्णय राजपत्रमा प्रकाशित णभएको भन्दै प्रश्न गरेका थिए।
न्यायाधीश अनिलकुमार सिन्हाले इजलासका तर्फबाट महान्यायाधीवक्ता कार्यलयसँग राजपत्रमा प्रकाशित सुचना माग गरेका थिए।
महान्यायाधीवक्ता कार्यलयले शुक्रबार इजलास सुरु हुनुभन्दा पहिले राजपत्रमा प्रकाशित सूचना सर्वोच्चलाई बुझाएको थियो।