arrow

व्यवस्थाकै लागि अर्को लडाई लड्ने नेपालीको चाहना छैनः नेता पौडेल

logo
प्रकाशित २०७७ माघ १० शनिबार
Pradeep.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले फेरि व्यवस्थाकै लागि भनेर अर्को लडाई लड्ने नेपाल र नेपालीको चाहना नरहनेको बताएका छन् ।

तनहुँको घिरिङ गाउँपालिका वडा नं १ स्थित अत्रौलिमा भएको कार्यक्रममा नेता पौडेलले स्थायित्व र विकासका लागि अब साझा लक्ष्य लिएर अघि बढ्नुपर्छ भने । नेता पौडेलले भने, ‘अब प्रतिगमन विरुद्ध कुनै सम्झौता हुँदैन। इतिहास साक्षी छ, शाही राज्य चेतना बोकेका ओलीहरुहको अन्त्य अवश्य हुन्छ ।’

कार्यक्रममा नेकपा परित्याग गरी दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका थिए । नव प्रवेशीहरुलाई नेता पौडेलले कांग्रेसको सदस्यता प्रदान गर्दै स्वागत गरेका थिए ।

नवप्रवेशीहरुले नेकपालाई भोट दिंदा पानी र वत्ती समेत पाउन नसकेको भन्दै नेता पौडेलसंग पानी र बिजुली वत्तीका लागि समन्वय गरिदिन समेत अनुरोध गरेका थिए।



लोकप्रिय समाचार
नयाँ