काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम सामान्यतय सफा रहेको छ ।
महाशाखाकी वरिष्ठ मौसमविद् विभूति पोखरेलका अनुसार काठमाडौं उपत्यकामा मौसम सामान्यतया सफा रहेको छ । तराईका सबैजसो स्थानमा बाक्लो हुस्सु रहेको छ । दिउँसो पनि उपत्यकामा मौसम सफा हुनेछ ।
मौसम बिग्रिएको भए पनि सोमबार कतै वर्षा नहुने पोखरेलले बताइन् । काठमाडौंमा सोमबार बिहानको तापक्रम ५ डिग्री सेल्सियस रहेको छ । भिजिबिलिटी
४ किलोमिटर रहेको छ । अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।
दिउँसो देशका प्रदेश नं १, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने छ । सुदूर पश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एक –दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।