भारतमा एक महिनाभित्रै बढ्यो आठ पटक पेट्रोलियम पदार्थको भाउ
प्रकाशित २०७७ माघ १२ सोमबार
138
Shares
काठमाडौं । भारतमा एक महिनाभित्रै ८ पटक पेट्रोलियम पदार्थको भाउ बढेको छ । यो महिना सकिन एक हप्ता रहँदा नै ८ पटक भाउ बढेको थियो ।
गत शनिबारसम्म ८ पटक बढेको भाउ फेरि पनि बढ्न सक्ने आँकलन गरिएको छ । भारतमा पेट्रोल–डिजेलको भाउ रोकिने ानामै लिइरहेको छैन । सरकारी तेल कम्पनीहरुले शनिबार २३ तारिखमा लगातार पेट्रोलको भाउ बढाए ।
भारतमा सबैभक्न्दा बढी राजस्थानमा पेट्रोलको मूल्य प्रतिलिटर १०० भारु अर्थात् नेपाली एक सय ६० रुपैयँ पुगेको छ । त्यस्तै राजस्थानको गंगानगरमा ९७.५० भारु, भोपालमा ९३.५६ भारु, मुम्बईमा ९२.२८ भारु, दिल्लीमा ८५.७० भारु पुगेको छ ।