काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्बोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार पनि बहस सुरु भएको छ ।
रिट निवेदकका तर्फबाट बरिष्ठ अधिवक्ता शम्भु थापाले सोमबार दिउँसो सुरु गरेको बहस मंगलबार पनि प्रारम्भमा निरन्तरता दिएका छन् ।
विघटनविरुद्ध पक्ष र विपक्षमा गरी करिब तीन सय वकिलले नाम टिपाएका छन्।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसी छन्।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि सर्बोच्चमा परेका रिटमाथि सुनुवाइ सुरु भएको ११ औं दिन पनि बहस जारी रहेको हो ।