काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले कोरोना भाइरसको माहामारीबाट सामान्य स्थितीमा देश फर्किने मिति घोषणा गरेको छ ।
गृष्म ऋतुको अन्तिम (आउँदो अगस्त)सम्म ३० करोड अमेरिकी नागरिकका लागि पर्याप्त खोप उपलब्ध हुने र लगाइसकिने प्रतिवद्धता बाइडेन प्रशासनले गरेको छ ।
माहामारी नियन्त्रणका विषयमा बाइडेनका आलोचकहरुलाई यो घोषणा एक कडा जवाफका रुपमा पनि मानिएको छ ।
यद्यपी, बाइडेनले आउँदो अगस्तमै अमेरिकालाई सामान्य स्थितीमा पुर्याउन सक्नेमा भने कतिपयले आशंका गरेका छन् ।