काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘बीु’डिभिजन लिगका बाँकी खेल खेल्नका लागि खेलाडीहरुलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ ।
एन्फाको कार्यसमितिको बैठकले कोरोना भाइरसको महामारीका कारण रोकिएका खेलहरु पुनः फागुन ११ गतेबाट शुरु गर्ने निर्णय गरेअनुसार टिम तयारी हुनुपर्ने थियो ।
तर क्लबहरुले खेलाडीहरु सम्पर्कमा नआएको गुनासो गरेपछि एन्फाले सूचना नै जारी गरेर खेलाडीहरुलाई तुरुन्तै आफ्नो क्लबको सम्पर्क रहन सूचना जारी गरेको हो ।
सूचनाको पालना नगरी सम्पर्कमा नआउने खेलाडीहरुलाई एन्फाले नियम अनुसार कारबाही गर्ने पनि जनाएको महासचिव इन्द्रमान तुलाधरले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
गत वर्षको चैत ४ गतेसम्म चलेको बी डिभिजन लिग सरकारको आग्रहका कारण स्थगित भएको थियो । ३४ खेल खेल्न अझै बाँकी छ । ती बाँकी खेल फागुन ११ देखि हुँदैछन् ।
त्यतिबेलादेखि सम्पर्क बाहिर रहेका खेलाडीहरु सम्पर्कमा आएका छैनन् । १० महिनादेखि खेलाडीहरु सम्पर्कमा छैनन् । कति खेलाडी सम्पर्कमा छैनन् भन्ने कुराको जानकारी भने एन्फाले दिएको छैन ।