तनहूँ । चौथो 'व्यास अल्ट्रा म्याराथन'को विजेता देवराज महतारा भएका छन् । कालीकोटका उनले तीन घण्टा तीन मिनेट ५१ सेकेन्डमा दूरी पार गर्दै विजेता बनेका हुन् ।
मानुङबाट पुलिमराङसम्मको ४४ किलोमिटर दूरी पार गर्दै उनी विजेता भएका हुन् । उनी साविक विजेतालाई दौडमा पछि पार्दै विजेता भएका हुन् । गत वर्ष दुई मिनेट ५९ सेकेन्डमा दौड पार गरेका सोलुखुम्वुका सुमन कुलुङ राई यस पटक केही पछि परे ।
प्रतियोगितामा निर्धारित दूरी तीन घण्टा आठ मिनेट एक मिनेटमा पार गरेका राई प्रतियोगितामा दास्रो भए । उनी प्रतियोगिताका पूर्व विजेता थिए ।
प्रतियोगितामा तीन घण्टा १० मिनेट पाँच सेकेन्डमा दूरी पार गरेका वेदबहादुर सुनार तेस्रो भए । उनी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका सदस्य हुन् । एक सय ७९ धावक दर्ता भए पनि एक सय ५३ धावक प्रतियोगितामा सहभागी थिए ।
प्रतियोगिताको उद्घाटन पूर्व अर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महतले गरेका थिए ।