नवलपरासीमा तीन लाख भन्दा बढी मूल्य बराबरको अवैध मालसामान बरामद
रबिन्द्र यादव,
प्रकाशित २०७७ माघ २० मंगलबार
67
Shares
बर्दघाट। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले भारतबाट अवैध रूपमा भन्सार छली लुकाई छिपाई ल्याई राखेको अवस्थामा करिब ३ लाख ७७ हजार ८ सय २ रुपैयाँ मूल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले मङ्गलवार बर्दघाट नगरपालिका वडा नं २ चिसापानीबाट ११ कार्टुन टिपरको एयर फिल्टर बरामद गरेको छ ।
बरामद भएका मालसामान मङ्गलवार नै आवश्यक कार्यवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजु लामाले जानकारी दिएका छन् ।