तर मंगलबार त्यो रिट दर्ता नै भएन । बुधबार बिहान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफैले संवैधानिक आयोगका पदाधिकारीलाई शपथ ग्रहण गराएका थिए । प्रधानन्यायाधीशले खुवाए शपथ
त्रिपाठी भन्छन्, ‘मैले मंगलबार दर्ता गर्न दिएको निवेदन दर्ता गरिएन । बुधबार पनि ५ बजेपछिमात्र दर्ता भयो ।’
उनले मंगलबार नियुक्ति बदर गरी शपथग्रहण नगराउन माग गरेका थिए भने बुधबार नियुक्ति बदर गरी काम गराउन रोक्नका लागि माग गरेका छन् ।