तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. १२ घाँसी कुवामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । घटनामा एक बालक र अर्की महिला घाइते भएका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमा धादिङ गल्छीका २२ वर्षका गोविन्द मगर छन् ।
डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ग१४प २५१२ नम्बरको मोटरसाइकल ग१ह ०१ नम्बरको अटोसङ ठोकिएर बा४ख ८९९६ नम्बरको बसमा ठोक्किँदा भएको दुर्घटनामा भएको थियो ।
दुर्घटनामा धादिङ गल्छी बेसी निवासी २० बर्सिया सुनिता तामाङ र उनका छोरा आशिष् छन् । घाइते भएका गोविन्दको उपचारका क्रममा दमौली अस्पतालमा निधन भएको प्रहरीले जनाएको छ ।
घाइतेको पोखराको मेट्रो सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो र बससहित दुवै चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोविन्द सपरिवारसहित पोखरा आउँदै गरेको बुझिएको छ ।