arrow

सभामुखले दायर गरेको रिटमा सुनुवाइ हुँदै, न्यायाधीश ढुंगानाको इजलासमा सुनुवाइ हुने

logo
प्रकाशित २०७७ माघ २५ आइतबार
Agni_sapkota.jpg

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको सुनुवाइ आज(आइतबार)बाट सुरु हुँदैछ ।

सभामुख सापकोटाले दायर गरेको रिटमाथि न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा सुनुवाइ हुने भएको हो । 

गत शुक्रबार सभामुख सापकोटाले संवैधानिक निकायमा गरिएको नियुक्ति बदरको माग गर्दै रिट दर्ता गराएका थिए । रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली सहित ३९ जनालाई विपक्षी बनाइएको छ । 

न्यायाधीश ढुंगानाको चार नम्बर इजलासमा रिटको पेशी राखिएको छ । सो रिटका पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र अधिवक्ता टिकाराम भट्टराईलगायतले बहस गर्दैछन् ।

संवैधानिक अंगमा पाँच जना प्रमुखसहित ३२ जनालाई संसदीय सुनुवाइको प्रक्रिया पूरा नगरी नियुक्त गरिएको थियो । त्यसअघि सभामुख सापकोटाले नियुक्ति सिफारिस प्रक्रिया नमिलेको र संसद विघटन भएकाले सुनुवाइ पनि हुन नसक्ने भन्दै परिषद्ले संसदमा पठाएको सक्कलै फाइल परिषदमै फिर्ता पठाइदिएका थिए ।

त्यसको दुई दिनपछि राष्ट्रपति भण्डारीले संवैधानिक अंगहरुमा नियुक्त गरेपछि सभामुख सापकोटाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।



लोकप्रिय समाचार
नयाँ