काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशभर मौसम सामान्यतया सफा रहेको छ ।
काठमाडौं उपत्यकामा भने बिहान हुस्सु लागेको छ । यो क्रम हट्दै जाने मौसमविद् समीर श्रेष्ठले बताएका छन् । न्यूनतम तापक्रम बिहान २.७ डिग्री सेल्सियस रहेको थियो ।
अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म रहन सक्ने श्रेष्ठले बताए । भिजिबिलिटी ४ किलोमिटर रहेको छ ।
सोमबार कतै वर्षा हुने छैन । यसअघि आइतबार ताप्लेजुङमा ३.५ तथा लुम्लेमा ०.६ मिलिमिटर वर्षा भएको थियो । जुम्लामा सबैभन्दा कम माइनस ३.५ डिग्री सेल्सियस तापक्रम रह्यो । काठमाडौंको तापक्रम १ डिग्रीमा झरेको थियो ।
दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
चिसो अझै रहिरहने तथा तराईका भूभागहरुमा हुस्सु कुहिरोको अझै सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।